जनकपुरधाम, १३ असोज। धनुषाको मिथिला नगरपालिकाबाट १० ग्रामभन्दा बढी लागु पदार्थ ब्राउन सुगर सहित दुई युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मिथिला नगरपालिका  ६ ढल्केवर चोकस्थित सडकबाट १० ग्राम ६ सय ५० मिलिग्राम अवैध लागु पदार्थ ब्राउन सुगरसहित आइतबार बिहान जनकपुर उपमहानगरपालिका १ भानुचोकका २५ वर्षीय रबिन्द्र ठाकुर र २४ वर्षीय अमित कुमार साहलाई प्रहरीले पक्राउ गरेको हो। 

इलाका प्रहरी कार्यालय ढल्केवरबाट खटिएको प्रहरीले जनकपुरबाट बर्दिवासतर्फ जाँदै गरेको मधेश प्रदेश–०२–००६ प ५१०७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको प्रहरीले जनाएको छ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।