राजविराज, १० असोज। सप्तकोशी नदीमा यात्रुवहाक बस खसेको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोशी ब्यारेज पुलको सप्तरी तर्फको ३६ नम्बर ढोकाबाट  को १ ख ४६०१ नम्बरको बस बिहीबार बेलुका खसेको हो।

प्रहरीका अनुसार बसमा रहेका सबै २६ जना यात्रुको उद्धार गरिएको छ। यात्रिहरुको स्थानीयले बसको सिसा फूटाएर उद्धार गरेका थिए।  बस विराटनगरबाट उदयपुरको गाईघाट जाँदै गरेको थियो। बस आफैं अनियन्त्रित भएर पुलको पाया भत्काउँदै नदीमा खसेको प्रहरीले जनाएको छ।

प्रहरीले यससम्वन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।