सिरहा,९ असोज। कर्जन्हा नगरपालिकाका पूर्व मेयर तथ नेकपा (माओवादी केन्द्र)का नेता गंगा पासवानले संविधानले दिएको हक–अधिकार संस्थागतगर्दै थप अधिकार प्राप्तीका लागि एकजुट भएर संघर्ष गर्नुपर्ने बताएको छ। राष्ट्रिय दलित पत्रकार संघ नेपाल सिरहाले कर्जन्हामा आयोजना गरेको ‘संविधानमा दलित हकअधिकार र हाम्रो सरोकार’ विषयमा अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै संविधानद्वारा प्रदत अधिकार रक्षा र थप अधिकार प्राप्तीको लागि एकजुट हुनुपर्नेमा जोड दिएका हुन्।

दलित समुदाय बीच एकता नभएसम्म प्राप्त उपलब्धी संस्थागत नहुने र थप अधिकार पाउन समेत कठिन हुने कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका पासवानले बताए। उनले भने, ‘यो संविधान थोरै भएपनि दलित, मधेसी, महिला, मुसलिमको पक्षमा रहेको छ। हामीले यसको रक्षा गर्दै थप अधिकार प्राप्तीको लागि एकभएर संघर्ष गर्न आवश्यक छ।’

मन्तव्यकै क्रममा पासवानले दलित समुदायलाई नेतृत्व गर्ने स्थानमा जानै दिदैनने र कुनै दलित समुदायका व्यक्ति नेतृत्व गर्ने स्थानमा पुगेपनि विभिन्न जालझेल, मुद्दामकदमा लगाएर फसाउने कार्यहरु हुने गरेको भन्दै दलितका नेतृत्व गरिरहेकाहरुलाई सचेत रहन सुझाव दिए। उनले आउँदो  निर्वाचनमा दलित समुदायबाटै साँझा उम्मेदवार बनाउन र निर्वाचित गराउने योजनामा लाग्न दलित समुदायका अगुवाहरुसंग आग्रह गरे। 

जनता समाजवादी पार्टी नेपालका नेता तथा दलित अगुवा चन्देश्वर पासमानले देशमा संविधान निर्माण भएको एक दशक हुन लाग्दा पनि मूलधारका राजनीतिक दलले ऐन कानुन निर्माण गर्न ध्यान नदिएको आरोप लगाए। उनले राज्यको पहुँचमा रहेका व्यक्ति तथा दलहरु दलित समुदायको अधिकार प्राप्तीको विषयमा गैरजिम्मेवार रहेको जिकिर गरे। उनले भने, ‘देशले संविधान पाएको दशक पुग्न लागिसक्यो, तर अहिलेसम्म ऐन कानुन बनाउने काम हुन सकेको छैन। यसले यहाँका दल तथा नेताहरु दलित समुदायलाई राज्यको सेवा सुविधामा पहुँचबाट बञ्चित गर्न सक्रिय रहेको प्रतित हुन्छा’

२०७२ सालमा घोषणा भएकोको संविधानमा घोषणा भएको ३ वर्ष भित्र ऐन कानुन निर्माण गरीसक्ने भन्ने उल्लेख भएपनि त्यस्तो हुन नसकेको पासवानले बताए। उनले एन कानुन निर्माण गरेर दलित समुदायलाई राहत प्रदान गर्नुपर्नेमा संघिय सरकारले ऐन कानुन निर्माणलाई आवश्यकता नठानेको आरोप लगाए। 

उनले मधेश प्रदेश सरकारले दलित शसक्तीकरण ऐन निर्माण गरेको ४ वर्ष बित्न लाग्दा पनि प्रभावकारी कार्यन्वयन गर्न नसकेको आरोप पासवानले लगाए।

संविधानमा कायम रहेको दलित समुदायको हक–अधिकारको विषयमा बृहत चर्चा गर्दै थप अधिकार प्राप्तीका लागि सम्पुर्ण दलित समुदाय एकमत भएर संघर्ष गर्नुपर्ने  पासवानले जोड दिए।  

संविधान दिबसको अवसर पारेर आयोजित अन्तरक्रिया कार्यक्रमबीच दलित समुदायका पाँच जना व्यक्तिलाई सम्मान समेत गरेको छ। 

दलित समुदायबाट विभिन्न क्षेत्रमा योगदान पुर्याएका पाँच जनालाई राष्ट्रिय दलित पत्रकार संघ नेपालका जिल्ला अध्यक्ष सरोज कुमार पासमानले दोसल्ला ओढाएर प्रमाण पत्र हस्तान्तरण गर्दै सम्मान गरेको थिए। 

शिक्षाबाट तिर्थलाल पासमान, सहिद परिवारबाट कुशिला सदा, समाजसेवाबाट नागेन्द्र पासमान, किसानबाट अजय महरा र राजनीतिबाट कर्जन्हा नगरपालिकाका पुर्व नगर प्रमुख गंगा पासमानलाई सम्मान गरेको आयोजकले जानकारी दिए।   

कर्जन्हा नगरपालिकामा अधिकांस दलित समुदायको बसोवास रहेपनि एकजनामात्र दलित वडा अध्यक्ष निर्वाचित हुनु दुःखद कुरा रहेको राष्ट्रिय दलित पत्रकार संघ जिल्ला अध्यक्ष पासमानले बताए्। 

उनले राज्यको हरेक निकायमा दलित समुदायको पहुच हुनुपर्ने संवैधानिक व्यवस्था रहेपनि संविधान कार्यन्वयन गर्ने निकाय नै दलित विरोधी चरित्रको रहेको बताए। 

संघ जिल्ला अध्यक्ष पासमानको अध्यक्षतामा भएको कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका नेता चन्देश्वर पासमानले राजनीतिमा दलितहरुको उपस्थितिको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए।

कार्यक्रममा नेकपा एमालेकी नेतृ निर्मला पासमान, पूर्व वडा अध्यक्ष भुषण खाती, दलित अगुवा रामजीवन पासमान, कार्यपालिका सदस्य सुरेखा देवी पासमान, वडा सदस्य, सहिद परिवार, दलित अधिकारकर्मी, शिक्षक, विद्यार्थी लगायतका उपस्थिति रहेको थियो।