राधेश्याम कुशवाहा,
सर्लाही, ८ असोज। शिक्षक पेशाबाट राजनीतिमा प्रवेश गरेका सर्लाहीको बलरा नगरपालिकाका मेयर रामाशंकर कुशवाहा नेपाल सम्मान २०८१ बाट सम्मानित भएका छन्। प्रयास मञ्च नेपाल, काठमाडौं, नेपालद्वारा नगर प्रमुख एवम् विकास अभियन्ता कुशवाहा एक कार्यक्रमका बिच सम्मानित भएका हुन्।
शैक्षिक तथा सामाजिक सेवामा समर्पित प्रयास मञ्च नेपालको प्रस्तुति ‘बुद्धवीर लामा तेहौ गितिमय’ (गीतकारको एकल साङगीतिक कार्यक्रम) मा बलरा नगरप्रमुख कुशवाहा सम्मानित भएपछि नेपाल सम्मान २०८१ बाट सम्मानित हुने मेयर कुशवाहा देशमै पहिलो र एकमात्र जनप्रतिनिधि बनेका छन्।
कार्यक्रममा खेलकुद, शिक्षा, गित–संगित, चलचित्रलगायत विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुलाई पनि सम्मान गरिएको थियो।
विविधबाट बलरा नगरपालिकाका मेयर रामाशंकर कुशवाहा, वरिष्ठ अधिवक्ता देवराज कटुवाल, समाजसेवी दम्पत्ति गणेश गोले र विन्दुदेवी गोले, समाजसेवी एवम् व्यवसायी संतोष राई लगायत सोही अवसरमा विदेशमा रहेर नेपाललाई चिनाउन अहम भूमिका निर्वाह गर्ने व्यक्तिलाई पनि सम्मान गरिएको थियो।
नेपाल सम्मान–२०८१ कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनाल, प्रयास मन्त्र नेपालका अध्यक्ष शिवध्वज कार्की, कार्यक्रम संयोजक जशु लामा, ज्ञानोदय बाल वाटिका माविकी संस्थापक प्रिन्सिपल इन्दिरा थाक्थुम्बा लगायतले कदरपत्र सहित सम्मान गरे।
नेपालको आर्थिक समृधिको लागि राजनितिक नेताको रुपमा यहाँले पुर्याउनु भएको योगदानका कदर गर्दै सम्मान गरेको आयोजकले जनाएका छन्।
सम्मानबाट आफूलाई थप उर्जा प्राप्त भएको र अगामी दिनहरूमा अझै जिम्मेवार भएर काम गर्ने हौसला प्राप्त भएको मेयर कुशवाहाले बताए।
मेयर कुशवाहाका शिक्षा र बाल्यकाल
मेयर कुशवाहा हुने विरुवाको चिल्लो पात झै बाल्यकालदेखि नै पढाईमा अब्बल थिए। साविक गाविस सुदामा वार्ड नम्वर ७ तथा हाल बलरा १० सुदाममा बुबा रामआश्रय महतो र आमा रामसखी देवीको पहिलो सन्तानको रुपमा २०४३ साल असार २२ गते जन्म भएको थियो। उनले बाल्यकालका शिक्षा स्थानिय विद्यालय श्री महादेव जनता प्राविबाट पुरा गरे।
प्रावि पछि अचलगढस्थित श्री सिताराम आधारभूत विद्यालयमा कक्षा ६ भर्नामा भए। जिल्ला स्तरिय परीक्षा पास गरेपछि अगाडीका पढाईका लागि रौतहटका ख्याति प्राप्त जुद्ध माविमा भर्ना भए।
विस २०५८ सालमा प्रथम श्रेणीमा एसएलसी पास गरे । उनको उच्च शिक्षाका लागि विरगन्जस्थित हरि खेतान कलेजबाट प्लस टु अंग्रजी विषयमा पास गरे। उनले स्नातक र स्नाकोत्तर विरगन्जकै चर्चित क्याम्पस ठाकुर रामबाट।
२ वटा विषयमा स्नात्तकोत्तर सकेपछि उनले २०६५ सालबाट हरि खेतानबाटै अध्यायपन सुरु गरे। शिक्षक सेवा आायोगमा निमावि तहमा नाम निस्केपछि २०७१ भदौ १२ गते सर्लाहीको भाँडसरस्थित राम गुलाम जनता माविमा उनको दरवन्दि कायम भयो।२०७५ मंसिर ५ गते गोडैता ६ बगदहस्थित रामजानकी आधारभूत विद्यालयमा सरुवा भए। त्यहाँ उने प्रधानाध्यापकको जिम्मेवारी पाए। प्रधानाध्यापकको रुपमा कार्यरत रहेकै बेला २०७९ को स्थानिय तहको निर्वाचनमा उनले शिक्षक पेसाबाट राजिनामा दिएर मेयरका लागि उम्मेदवारी दिए।
आमाबाट परिवारमा राजनितिक सुरुवात
मेयर कुशवाहाका आमा रामसखी देवी उपमेयरमा निर्वाचित भएपनि पूर्व मेयरले कुनै पनि मान प्रतिष्ठा दिएन, उनकी आमा विगतलाई सम्झलै भावुक हुदै भनिन्, ‘अस्तित्व स्विकार नगरेपछि आर्थिक लोभ र बजेटका लागि कुनै सम्झौता गरिन्न। मैले बलरामा परिवर्तन चाहेका थिए, त्यसका लागि छोराले सरकारी जागिर छाडेर आफनो भविष्य दाउमा लगाए मेयरमा उम्मेदवारी दिए, जनतले विश्वास पनि गर्यो।’
‘परिवर्तनका लागि कसै नकसैले त्याग गर्नैपर्छ, मैले अनिश्चितताका बिच छोरालाई मेयरमा उम्मेदवारी दिलाउँदा कता–कता गलत गरियो कि भन्ने पनि लागेको थियो। चुनाव जित्छ भने यकिन थिएन। तर छोराले राजनितिक परिवर्तनका लागि विगुल फुके सवैले साथ दिए। नतिजा पक्षमा भयो। आज खुशि लागिरहेको छ।’ आमा रामसखी देवीले खुसीको आँशु झारिन। मेयर कुशवाहाका आमा महन्थ ठाकुर नेतुत्वको राजपाबाट उपमेयरमा निर्वाचित भएका थिए।
मेयर कुशावाहा चुनावी एजेण्डामा अडिग
मेयर कुशवाहा चुनावको समयमा जनतासंग गरेको वाचामा समेत अडिग देखिन्छ। उनी कार्यपालिकामा अल्पमतमा भएपनि विना विवाद र चलाउदै आएका छन्। उनी नगरपालिकाको कार्यसम्पादन, प्रत्यक दिन कार्यलय तथा जनतको घरदैलोमा उपस्थित भई जनतको गुनासो सुन्ने, विना बहुमत विवादरहित पालिका संचाल गर्ने उनको कार्यशैलीमा भएका निर्भिकता र तठस्थाले आम सर्वसाधारण आफ्नै सरकार भएको महसुस गरिरहेका छन्। चुनावमा जनतासंग गरेको वाचामा प्रतिबद्ध भएर योजना कार्यान्वयन भएका कारण पनि बलरावासी उत्साहित छन्।
मेयर कुशवाहाको पहिलो प्राथमिकता शिक्षा, स्वास्थ र कृषि
पहिलो प्राथमिकता शिक्षा, स्वास्थ्य तथा कृषि रहेको मेयर रामाशंकर कुशवाहा बताउँछन्। आफू निर्वाचित भएलगत्तै शिक्षा, स्वास्थ लगायत आम नागकिहरुको आधारभुत अधिकार र स्थानिय तहबाट प्रवाह हुने सेवाहरुलाई सरल, व्यवस्थित र पारदर्शि बनाउन जोड दिए।
नगरका शिक्षालाई व्यवस्थित गर्न र पठनपाठनलाई थप प्रभावकारी बनाउनका लागि गत आर्थिक बर्षमा शिक्षा ऐन पारित गरेको बताउँछन्।
शिक्षा क्षेत्रमा भएका वेथिति तथा राजनितिक अन्त्यका लागि विद्यालय दरबन्दी समायोजन तथा शिक्षक दरबन्दी मिलान कार्य विधि पारित गरेको उनले थपे। नगरले चाँडै विद्यार्थीको संख्याको आधारमा शिक्षक परिपूर्ति गरिने छ।
बलरा वार्ड १० मा जिर्ण तथा प्रयोग विहिन अवस्थामा रहेका सुदामा सिँचाई व्यारेजलाई मर्मत सम्भार तथा स्तोरोन्नति गरी किसानहरुको खेतमा पानी पुयाउने काम चाँडै सुरु गरिने बताए।
‘नहरको पानी नपुग्ने अन्य ठाउँहरुमा स्यालो टुबेल तथा डिप बोरिंग जडान गर्ने कार्य भइरहेका छन; मेयर कुशवाहाले भने।
नगरले आफनै विभिन्न गैरसरकारीहरुसंगको सहकार्यमा किसानहरुको आर्य आर्जन तथा जिविकाका लागि भैंसी पालन, बाख्रा पालन जस्ता कृषि सम्बन्धि कार्यक्रम संचालन गर्दै आएका छन्।
बलराका प्राथमिक स्वास्थ केन्द्रलाई नगर अस्पतामा स्तोरोन्नति गरी दुई जना एमबिबिएस डाक्टरलाई नियूक्त गरी २४ औं घण्टा आपतकालिन सेवा सुरु गरेका मेयर कुशवाहा बताउँछन्।
गर्भवती महिलाहरुलाई सदरमुकाम मलंगवा स्थित प्रादेशिक अस्पतालसम्म पुग्न निःशूल्क एम्वुलेन्स सेवा उपलब्ध गराउदै आएका छन्, भने ज्येष्ठ नागरिहरुलाई ५० प्रतिशत सहुलियतमा एम्बुलेन्स सेवा उपलब्ध गराउदै आएका छन्।