बिशाल बस्नेत

महोत्तरी, ६ असोज। बर्दिवास नगरपालिकाका पुर्व नगरप्रमुख विदुर कार्कीले भारतको हरियानावाट मुर्रा जातको ११ वटा रागाँहरु लिएर आउँदा नगर क्षेत्रमा  ट्रोल नै वन्यो।

‘३ बर्ष अगाडि निक्कै चर्को आलोचना खेप्नुपर्‍यो।’ कार्कीले  सम्झदै भने, ‘तर म अडिग थिए कि यिनै राँगाहरुवाट किसानहरुको आर्थिक उपार्जनमा महत्वपूर्ण कोशेढुंगा सावित हुनेछ।’

तत्कालिन समयमा उनले किसानहरुको जिवनस्तर माथी उकास्न वनाएको रणनीतिक दीर्घकालीन योजनाको परिणाम अहिले  धमाधम देखिन थालेपछि आलोचना गर्नेहरु आजकाल प्रशंसा गर्न थालेका छन्।

झन्डै ३३ लाख खर्चेर ल्याएका ११ वटा राँगाहरुवाट गर्भधारण गरेका  ५ हजार भैसीहरुले उत्पादन गरेका मुर्रा जातका पाडापाडी अहिले किसानहरुको गोठहरुमा बाक्लै देखिन थालेका छन्।

राँगाहरुको अभावमा कृतिम गर्भाधान गराउँदै आएका किसान अहिले भैसीलाई प्राकृतिक गर्भाधान प्रक्रियामा सहभागी गराएका छन्। स्थानिय युवा किसान विवेक अधिकारीले भने, ‘दूध वढी उत्पादन हुने भएकाले अहिले अधिकांश  किसानहरुको रोजाई मुर्रा जातको भैंसी नै वनेको छ, मैले पनि नगरवाट ल्याएको एउटा राँगो पालेको छु। बार्षिक ३ सय भैंसी हाम्रै राँगोवाट गर्भाधान हुनेगरेको छ।’

एउटा मुर्रा भैसीले १ वेतमा २ हजार देखि ३ हजार लिटरसम्म दूध दिने हुँदा आम्दानीको महत्वपूर्ण आधार वनेपछी नगर क्षेत्रमा कतिपय किसानहरुले भारतको हरियाना पुगेर यो जातको भैंसी ल्याएका छन्।

पुर्व नगरप्रमुख कार्कीले त भारतवाट यहीँ जातको भैंसी ल्याएर व्यवसायिक भैसीपालन गरेका छन्। उन्को गोठमा अहिले १५ वटा भन्दा बढी भैंसी छन्। यिनै भैसीवाट उत्पादन भएका पाडापाडीहरुको कारण पनि नगर क्षेत्र मुर्रामय वन्दै गएको छ।

एक तथ्यांक अनुसार अहिले नगर क्षेत्रमा ६ हजार भन्दा बढी भैंसी उत्पादन भैइसकेका छन्। किसानहरुलाई प्रति वडामा वितरण गरिएको ११ वटा राँगावाट बार्षिक औसतरुपमा ३ हजार भैंसी गर्भाधान हुने पशु स्वास्थ्य चिकित्सक मोहन खडकाले वताए।

यही अनुपातमा शतप्रतिशत उत्पादन भए बर्दिवास नगर क्षेत्र हरियाना, पंजाव जस्तै मुर्रा उत्पादनको हव वन्न सक्ने पशु चिकित्सकहरुको आकलन छ।
 
एउटा भैसीले दैनिक २० लिटरसम्म दुध दिने हुँदा थोरै मेहनतले भनेजस्तो आम्दानी हुने र त्यसवाट उत्पादन भएका राँगा र पाडाहरुको मूल्य समेत उच्च रहेको हुँदा अन्य जातको भैसीहरुको तुलनामा यो भैंसीप्रती आकर्षण बढ्दै गएको छ।

‘मैले पनि पुर्व नगरप्रमुख विदुर कार्कीसगैँ गएर एउटा भैंसी ल्याएको थिए। मेरो घरव्यवहार यसैवाट चलेको छ; स्थानिय युवा नेता निरोज अधिकारीले भने, ‘मुर्रा जातको भैंसीले दैनिक १४ लिटर दूध दिन्छ, एउटै भैसीवाट मलाई पारिवारका आधारभुत आवस्यक्ता परिपुर्ति गरेर केही पैसा बचाउने आधार समेत वनेको छ।’

पुर्व नगरप्रमुख कार्कीले त्यतिवेला वनाएका योजनाहरुको अहिले परिणाम आएको देख्दा खुसी लागेको वताउदै अधिकारी  जनप्रतिनिधिहरुले किसानहरुको आधारभूत समस्या पहिचान गरेर योजना वनाउनुपर्ने वताउछन्।

तर नगरप्रमुख कार्कीले मुर्रा जातको राँगा ल्याएर प्राकृतिक गर्भाधानको लागि प्रयोग गर्ने भने योजना थिएन। उच्च गुणस्तरको जमेको वीर्य उत्पादन गरी भैंसीलाई कृत्रिम गर्भाधान कार्यका लागि किसानहरुलाई उपलब्ध गराउने उन्ले योजना वनाएका थिए। मोडेल एग्रो भिलेजको रेखदेखमा राखेर उक्त राँगाहरुलाई नगरले नै संरक्षण गर्ने भनिएतापनी व्यापक विरोध आएपछि उन्ले किसानहरुलाई वितरण गरेका थिए।

ु‘११ वटा राँगाबाट तीन वर्षपछि वार्षिक एक लाख २० हजार डोज वीर्य उत्पादन भई कम्तीमा एक लाख भैंसीलाई कृत्रिम गर्भाधान गराउंन सकिने र किसानहरुलाई  नश्ल सुधार अभियानमा लगाउने योजना वनाएँ; पूर्व मेयर कार्मीले सम्झिीए। भैंसीको दूध उत्पादनमा उल्लेख्य वृद्धि गर्ने र आर्थिक रुपान्तरण गर्ने उदेश्य जे होस परिणाममा नै देखिन थालेकोमा उनी खुसी छन्।