•  विशाल बस्नेत

महोत्तरी, ३ असोज। पुर्व–पश्चिम राजमार्ग अन्तर्गत बर्दिवास सडक खण्डमा  ठेलागाँडा मजदुरहरुसगँ पैसा असुल गरेर सडक जाम गराउने गरेको खुलासा भएको छ।

जनही ३ सयदेखि ९ सयसम्म पैसा अशुल गरेर  सडकपेटीलाई कमाउने धन्दा वनाउने गरेको तथ्य वाहिरिएपछी बर्दिवास नगर क्षेत्रमा सडकको थप अस्तव्यस्तताको कारक  खुलासा भएको हो।

सडक किनारामा राखिएका ठेलागाँडा पशलहरुले ९ सय रुपैयाँ दिने गरेको स्विकार गरेका छन्। ‘म जहिल्यै ढल्केवरवाट ठेलामा सामन ल्याएर याँहा वेच्ने गर्छु।’ दिपक नाम गरेका एक ठेलाव्यापारीले भने, ‘पैसा दिएपछि खासै समस्या पनि हुँदैन त्यसैले अन्य साथीहरु पनि वाहिरवाट याँहा नै आउनुहुन्छ।’

अन्य ठाउँमा  सामान लिएर जाँदा व्यापार नहुने र बर्दिवासका सडक किनारामा राख्दा भनेजस्तो व्यापार चल्ने हुँदा खुसीले नै उक्त पैसा दिने गरेको व्यसायीहरु वताउँछन्।

मधेश प्रदेशकै उदियमान सहरको रुपमा विकास भईरहेको बर्दिवासको सडकपेटी अस्तव्यस्त भएको व्यापक जनगुनासो वढीरहेको भन्दै बर्दिवास नगरपालिकाले विहान–वेलुका केही कर्मचारी र नगर प्रहरी समेत खटाउने गर्दछ।

तर यसका वावजुत पनि सडकको दुरावस्था कम नभईरहेको बेला ठेलागाँडाहरुसगँ पैसा उठाएर संरक्षण गरिएको तथ्यले आम मानिसहरुलाई झस्काएको छ।

कस्लाई दिन्छन पैसा?

ठेला व्यापारीहरुले पैसा उठाएर दिनेश भनिने अर्को व्यापारीलाई दिने र उन्कै माध्यमवाट पैसा समबन्धित ठाउँमा पुग्ने गरेको पाईएको छ।

यता दिनेशले उक्त पैसा संकलन गरेको स्विकार गरेका छन्। बजारको ठेक्का पाएका विजय महतोको निर्देशनमा उक्त पैसा अशुल गरेको उन्ले वताए।

‘मैले पैसा संकलन गरेको नै हौ। तर त्यो पैसा विजय महतोलाई दिने गरेको छु;  उन्ले भने, ‘यति भएपछि याँहा नै राखेर निर्वाधरुपमा व्यापार गर्न पाईन्छ।’

ठेलाको लागि औरही सडक खण्डमा ठाउँ निर्धारण गरेतापनी त्याँहा व्यापार कम हुने उनिहरुको भनाई छ। मुख्य राजमार्गको छेउछाउमा भनेजस्तो व्यापार हुने भएकाले पैसा दिन वाध्य भएको व्यवसायहरु बताउँछन्।

बजारको ठेक्का पाएका विजय महतोले पनि  पैसा आफुलाई ठेलागाँडावालाहरुले मनखुसीले दिएको र उक्त पैसा लिएको स्विकार गरे। ‘मलाई माछामासु खानु भनेर उनिहरुले नै दिएका हुन्। मैले मागेको हैन। उन्ले भने, ‘यसमा नगरपालिकाका कर्मचारीहरुको कुनै हात छैन।’

तर सडक पेटीमा अनाधिकृतरुपमा ठेला तथा अन्य पशलहरु राखेर सडक अस्तव्यस्त वनाउनेहरुलाई हटाउने जिम्मेवारी लिएका उनिहरुले  किन हटाएनन्? भन्ने गम्भीर प्रश्न वनेको छ।

‘विजय महतोको माध्यमवाट सवै विषय बाहिर आउन सक्छ; स्थानिय व्यवसायी गुन्ज कार्कीले भने, ‘जिम्मेवारी लिएर हरेक क्षेत्रलाई गरिखाने भाडो वनाउने जोकोहीलाई कडा कारवाही गर्नुपर्छ।’

 कर तिरेर व्यापार गर्ने व्यापारीहरुको मर्म विपरित गरिएको कार्य दुःखद छ ः उद्योग बाणिज्य संघ

कर तिरेर औपचारिकरुपमा व्यापार गर्नेहरुको मर्म विपरित सडकपेटीलाई निजि सम्पत्ती वनाएका जोकोहीलाई कानुनी दायरामा ल्याउनुपर्ने उद्योग बाणिज्य संघका अध्यक्ष बिष्णु खडकाले वताए।

नगरपालिकाको संरक्षण देखिनेगरी ठेलागाडा व्यापारीहसगँ पैसा असुल्नु दुःखद भएको वताउदै खडका दुर्घटनाको कारक एकातिर वन्ने र अर्कोतिर स्थानिय व्यापारीहरु उपेक्षामा परेको वताए।

‘विजय महतो भन्ने व्यक्तिले कस्को निर्देशनमा ठेलागाँडा त्याँहा राख्न दिए भन्ने बिषय महत्त्वपूर्ण हो।’ अध्यक्ष  खडकाले भने। ‘यदि उनी आफैले त्यो वातावरण सिर्जना गरेका हुन् भने कुन कानुनमा आधारित भएर गरेका हुन त?

ठेला गाँडामा राखिएका पशलहरुको कारण अस्तव्यस्त वनिरहेको सडकको विषयलाई लिएर पत्रकारहरुले केहीदिन अगाडि जिल्ला ट्राफिक कार्यालयमा समेत सामुहिक ध्यानाकर्षण जनाएका थिए।

नगर प्रवक्ता विजय महतोले भने यस्को विषयमा छानविन गर्ने वताएका छन्। ‘वजार व्यवस्थापन समितीमा छलफल गरेर वुझ्नेछु, प्रवक्ता महतोले भने, ‘मलाई पनि थाहा थिएन यस्लाई गम्भिररुपमा लिएका छौ।’