काठमाडौं, २४ भदौ। नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले पदबाट राजीनामा दिनुभएको छ। पोखरेलले सोमबार वरिष्ठ उपाध्यक्ष रमेश विष्टलाई राजीनामा बुझाएको हो।
उनले महासंघको निर्वाचन गराउनका लागि पटक पटक पहलकदमी लिए पनि गराउन नसकिएको कारणले राजिनामा दिएको जनाएको छ। तेस्रो पटक निर्वाचनको मिति तोकिएको झण्डै एकसाता वितिसक्दापनि कार्यतालिका ल्याउन नसक्नु, सदस्यता विवादका लागि बसेको बैठकबाट केही पदाधिकारी बाहिरिनु, केही पदाधिकारीले उपस्थितिमा हस्ताक्षर नगर्नु लगायतका कारणले पदमा वसिरहने औचित्य नदेखेपछि राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गरेको छ
उनले पत्रमा ‘सिङ्गो बैठकले सदस्यताको सूचीप्रति अपनत्व जनाउन आनाकानी गर्नुले अब हुने निर्वाचनप्रति पनि सर्वस्वीकार्यता हुने महसुस गरेन।’ सरोकारवाला पक्षले समेत सदस्यसूची आफूलाई देखाएर मात्र अघिबढ्न पर्ने अपेक्षा राख्दा मन खिन्न हुने गरेको राजिनामा पत्रमा उल्लेख गरेको छ।
यस्तो अवस्थाबाट आफूमा निर्मित मनोविज्ञान बोकेर यो निर्वाचनलाई सम्पन्न गर्न म समर्थ नभएको उनले पत्रमा उल्लेख गरेको छ।
आगामी दिनमा महासंको हुने गतिविधिलाई आवश्यकता अनुसार साथ, समर्थन र सहयोग रहने प्रतिबद्धता पनि पत्रमार्फत जनाएको छ।




















