सञ्जु कुमारी दास
सिरहा, २१ भदौ। गोलबजार नगरपालिकाकी उप–प्रमुख मान्ती देवी साहले मानव बेचबिखन र बाल श्रम रोक्नलाई आफ्नै घरबाट सुरु गर्नुपर्नेमा जोड दिए। २० राष्ट्रिय मानव बेच बिखन विरुद्धको दिवसको अवसर पारेर सिरहाको गोलबजारमा आयोजना गरेको एक कार्यक्रममा उप प्रमुख साहले धेरैकुराहरु घरबाटै समाधान गर्नसकने बताउँदै बाल श्रम र मावन बेचविखन रोक्न आफैबाट गर्नुपर्नेमा जोडदिएका हुन्।
उनले भने, ‘धेरै विषयहरुको समाधान हामी आफैबाट गर्नसक्छौं। बल श्रम र मानव बेचविखन रोक्न पालिकाबाट गर्नुपर्ने हो त्यसको लागि म सधैं अग्रसर रहन्छु।’ उनले हाम्रो तीन तहको सरकार छ र तीनै तहले यसमा ध्यान दीनु जरुरी रहेको बताए।
कार्यक्रममा कर्जन्हा नगरपालिकाकी उपप्रमुख लक्ष्मी श्रेष्ठले बढ्दो बालश्रम जो एक प्रकारको बेच बिखन जस्तै हो। त्यसलाई रोक्न हामी सवैको पहल कदमी आवश्यक रहेको बताए। उनले यदी कतै कुनै पसलमा बच्चाहरुले काम गरेका देख्यौं भने बोलौ र सम्बन्धित निकायमा खबर गरांै अनि मात्र यसलाई रोक्न सकिन्छ।
सोही क्रममा ईलाका प्रहरी कार्यालय गोलबजारका इन्पेक्टर सुनिल कार्कीले मानव बेचविखन एउटा जघन्य अपराध भएको बताए। उनले सुरुमा हामीले मानव बेचविखन भनेको महिलाहरुलाई बिदेशमा लगेर बेच्ने वा यौन शोषन गर्ने वा यौन कार्यमा लगाउने भन्ने बुझिन्थयो भने अहिले मानव शरीरको विभिन्न अंगको तस्करी वा बेच्ने काम लाई पनि यस भित्र समेटीएको बताए। उनले यस्तो क्रियाकलापमा संलग्न व्यक्तिहरुलाई सजाय पनि तोकीएको जानकारी दिए।
मन्तव्यकै क्रममा प्रदेश युवा संजालका अध्यक्ष नईम राईनले बाल श्रमको विषयमा सबै सरोकार वालाहरु जिम्मेवार हुनु जरुरी रहेको बताए। उनले अधिकारकर्मीहरुले बाल श्रमीकहेको होटल, पसल तथा अन्य स्थानलाई वहिस्कार गर्ने र कानुनी उपचारमा सहयोग गर्नुपर्नेमा जोड दिए।
मुक्ति नेपाल द्वारा आयोजित उक्त कार्यक्रममा कर्जन्हा नगरपालिकाका मेयर भोला प्रसाद पोखरेल, सिरहा नगरपालिकाका प्रतिनिधी, इन्सेक जिल्ला प्रतिनिधी दुर्गा परियारलगायत विभिन्न संघसंस्था तथा समूहका प्रतिनीधिहरुको सहभागीता रहेको थियो। सोही क्रममा महिला र किशोरी समुहहरुबाट कार्यक्रममा सहभागी किशोरीहरुले चेतनामुलक गितहरुमा नृत्य प्रस्तुत गरेका थिए।