सिरहा, २१ भदौ। गोलबजार नगरपालिकाले जग्गामा लाग्ने मालपोत (कर) वृद्धि गरेको प्रति नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी) गोलबजार नगरकमिटीको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ। चालु आर्थिक वर्ष २०८१/०८२ मा किसान मजदुरको अवस्था विश्लेषण नगरी हचुवाको भरमा गरेको करविद्धिप्रति प्रार्टीको गम्भिर ध्यानाकर्षण भएको जनाएको हो।
पार्टी नगर कमिटी अध्यक्ष भेषराज भेषराज ठकुरीले आज विज्ञप्ती जारी गर्दै हचुवाको भरमा वृद्धि गरेकोे मालपोत नउठान र तत्काल सच्याएरमात्र कर असुलिगर्न माँग गरेको छ।
पालिकाले एकैपट हजारौं प्रतिशत मालपोत वृद्धि गरेको प्रति विरोध जनाउँदै सात दिनभित्र यसलाई सच्याउन माँगर्दै हाम्रो जायज माँग प्रति वेवास्ता गरे आन्दोलनमा जाने चेतावनी दिएका छन्।
विज्ञप्तीमा मालतपोत सहित वृद्धि भएका अन्य करहरु पनि सच्याउन माँग गरेको छ। विज्ञप्तीमा आन्दोलनबाट हुने सवैखालका असरहरुको जिम्मा नगरपालिकाले लिनुपर्ने पनि विज्ञप्तीमा उल्लेख गरिएको छ।
यस अघिनै गोलबजार नगरपालिकाका उपमेयर मानती साहले प्राविधिक कारणले कठ्ठाका लागि निर्धारण गरिएको मालपोत धुरमा पर्न गएकोल कार्यपालिकाले सच्याउने बताएको छ।
त्यसैगरी, उपमेयरले दिएको मन्तव्यसँग बाझिनेगरी गोलबजार नगरपालिका वडा नम्वर ६ का वडाअध्यक्ष समेत रहेका नगर प्रवक्ता संजित कुमार लामाले विज्ञप्ती जारीगर्दै राजश्व वृद्धिप्रति जनताको असहमति रहे सच्याउने प्रतिवद्धतासहितको विज्ञप्ती जारी गरेको थियो।