जनकपुरधाम, २० भदौ। धनुषामा मावलीघरमा भोज खान गएका तीन बालकको पोखरीमा डुबेर मृत्यु भएको छ। लक्ष्मीनिया गाउँपालिका ७ लक्ष्मीनिया मावली आएका तीनैजना बालकहरु त्यहि रहेको पोखरीमा डुबेर हिजो बेलुकी मृत्यु भएको हो।
मावलीमा भोजखान आएका १० वर्षीय आदित्यकुमार साह, नौ वर्षीय आयुष साह र १४ वर्षीय सुशान्त साहको नजीकै रहेको पोखरीमा डुवेर मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्सपेक्टर सोनुकुमार साहले जानकारी दिए । मावलीतर्फका हजुरबुवा महावीर साहको घरमा भोज खान गएका बालकहरू नजिकैको पोखरीमा पौडी खेल्न जाँदा डुबेको हुन सक्ने अनुमान गरिएको छ।
मृतक बालकहरू साहका तीनवटा छोरीका छोरा रहेको प्रहरीको भनाइ छ। सबै जना भोजमा व्यस्त रहेका बेला पौडी खेल्न गएका बेला मृत्यु भएको हुनसक्ने आशङ्का स्थानीयले गरेको छ।
तीनै जनाको शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।