लहान, १७ भदौ। सिरहा प्रहरीले स्रोत नखुलेको १० लाखभन्दा बढी मूल्य बरावरको चाँदीका विभिन्न गर–गहनासहित एक युवकलाई लहानबाट नियन्त्रणमालिएको छ। विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लहानले आईतवार बेलुका ७ बजे लहान ७ दुर्गामन्दिरबाट मोरङ्ग उर्लावारी नगरपालिका ५ का ३० वर्षिय दिपेन्द्र विश्वकर्मालाई करिव ८ केजी चाँदीको गहना सहित पक्राउ गरेको हो।

चाँदीका गहना बोकेर लहान बजारबाट दुर्गा मन्दिर तर्फ आउँदै गरेको भन्ने सूचनाको आधारमा प्रहरीले पैदल यात्रीले बोकेको कालो रंगको झोला चेकजाँच गर्दा १० लाख ४० हजार मूल्य बराबरको करिव ८ केजी चाँदीको गहनासहित नियन्त्रयामा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी मुक्तिनाथ सापकोटाले जानकारी दिए।

प्रहरीले कहाबाट र कसकालागि गहना ल्याएको भन्ने अनुसन्धान गरिरहेको र गर–गहनासहित विश्वकर्मालाई आवश्यक कार्वाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी, सुनसरी पठाउने तयारी भईरहेको जनाएको छ।

विश्वकर्मा भरीयामात्र भएको स्थानीय एक व्यसायीले नाम उल्लेख नगर्ने सर्तमा गमक पोष्टलाई जानकारी दिए। उनले लहानकै व्यसायीको लागि भारतबाट गहना ल्याएको बताए। ती व्यसायीले थपे, ‘लहानमात्र हैन सिरहको सवैजसो बजारमा भारतबाट अवैधरुपमा चाँदीका गहनाहरु प्रहरीकै मिलेमत्तोमा आउने गर्छ। यो पटक सेटीङ्ग विग्रेर समातिएको हुन सक्छ।’

MOUNT COLEge