सिरहा, १६ भदौ। नेकपा (माओवादी केन्द्र) गोलबजार नगर समितिले गोलबजार नगरपालिकाले जग्गामा लाग्ने मालपोत (कर) वृद्धि फिर्ता र भुमि वर्गिकरण प्रति विमती जनाउँदै विभिन्न सातबुँदे माँगसहित ज्ञापनपत्र बुझाएको छ।

गोलबजार नगरपालिकाको आर्थिक वर्ष २०८१/०८२ को नगरसभाले पारित गरेको जग्गामा लाग्ने मालपोत (कर) वृद्धि खारेजी र भुमि वर्गिकरण प्रति पार्टीको गम्भिर ध्यानाकर्षण भएको भन्दै नगर उपप्रमुख मानती साहमार्फत पालिकालाई ज्ञापनपत्र बुझाएको हो।

ज्ञापनपत्र मार्फत आर्थिक वर्ष २०८१/०८२ मा वृद्धि गरिएको मालपोत (भुमि कर) खारेज गरी जग्गाको वर्गिाकरण र मूल्यांकन बैज्ञानिक ढङ्गले गर्नुपर्ने, सिफारिस शुल्क सहज/शुलभ र अन्य शिर्षकमा गरिएको कर वृद्धि आर्थिक मन्दिको मारमा परेका जनताको अवस्थालाई मध्यनगर गरी खारेज गरिनु पर्ने, नागरिकले कानून बमोजिम सूचना माग्दा कानूनले तोकेको समयावधि भित्र सरल र सहज तरिकाले सूचना उपलव्ध गराउनु पर्ने, हाट बजार ठेक्का र असुली पारदर्शी गरिनु पर्ने, पालिकाको निर्माणधिन प्रमुख प्रशासकीय भवन निर्माणकार्य अविलम्व सुचारु गरिनु पर्ने, सार्वजनिक शिक्षा र स्वास्थ्य सेवालाई प्रभावकारी तथा सवलिकरण गरिनु पर्ने र विकास निर्माणको काममा पारदर्शिता र सुशासन कायम गर्नुपर्ने माँग गरेको छ।

ज्ञापनपत्रमा ‘कृषक र कृषि क्षेत्रलाई अनुदान र आधुनिकीकरण गर्न टेवा पुर्याउँदै आत्मनिर्भर बनाउनु पर्नेमा कृषकको ढाड सेक्ने र कृषि व्यवसायलाई धारासायी बनाउने नगरपालिकाको नीति तथा कार्यक्रम प्रति हामी खेद प्रकट गर्दछौं।’ भनिएको छ।

नेकपा माओवादीले बुझाएको ज्ञापनपत्रमा ‘गोलबजार नगरपालिका आफैमा विविधतापूर्ण कृषि क्षेत्र हो। यो तरकारी, फलफूल, धान, मकै, दलहन, तेलहन लगायतका बालि उत्पादन हुने क्षेत्र हो। नगरले यसक्षेत्रको विकासमा टेवा पुग्ने गरी नीति, कार्यक्रम तथा योजनाहरु तर्जुमा गर्नुपर्नेमा सामन्ती जमिन्दारी प्रथाको मालपोत भन्दा पनि चर्को कर निर्धारणले यहाँको सरकार आम जनताप्रति अनुत्तरदायी रहेको प्रमाणित गरेको छ। यसर्थ आर्थिक वर्ष २०८१÷०८२ मा वृद्धि गरिएको मालपोत (भुमि कर) एक हप्ता (७ दिन) भित्र खारेज गरी जग्गाको वर्गिाकरण र मूल्यांकन बैज्ञानिक ढङ्गले गर्न हाम्रो पार्टी जोडदार माग गर्दछ। अन्यथा विभिन्न चरणका संघर्षका कार्यक्रमहरु घोषणा गर्न हामी वाध्य हुने छौं।’ भन्ने उल्लेख गरिएको छ।

‘जनताको आधारभुत मौलिक हक अन्र्तगतका शिक्षा, स्वास्थ्य जस्ता अति संवेदनशील विषयमा नगरपालिकाको उदासिनता उदेकलाग्दो छ। नगरपालिकाले पूर्वाधार विकासका कामहरुमा अनुत्पादक र अपारदशर्षिताको मानक स्थापना गरेको देखिन्छ। नगरले लगाउने टेण्डर, ठेक्कापट्टा, हाटबजार ठेक्का असुलि सेटीङ्ग र रङगदारी शैलिमा लाग्ने÷उठाउने गरेको सर्वविदितै छ। जसका कारण यहाँका गरिव, किसान, मजदुर मारमा परिरहेका छन्। यसप्रति गम्भिर हुन हामी ध्यानाकर्षण गराउन चाहन्छौं।’ पार्टीले बुझाएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ।

माओवादीका नगर संघर्ष समितिका संयोजक जीवन कुमार यादवले बुझाएको ज्ञापनपत्र बझ्दै गोलबजार नगरपालिकाका उप प्रमुख मानती साहले यसविषयमा आफ्नो ध्यानाकर्षण भएको र तत्काल पालिकाले यसप्रति सहि कदम लिने प्रतिबद्धता जनाए।

त्यसैगरी, आजै गोलबजार नगरपालिकाका वडा नम्वर ६ का अध्यक्ष समेत रहेका प्रवक्ता संजिव कुमार लामाले पालिकाले भूमिमा लगाएको कर वृद्धिको विषयमा विभिन्न दल गरिरहेको विरोध प्रति ध्यानाकर्षण भएको भन्दै विज्ञप्ती जारी गरेको छ।

जरी विज्ञप्तीमा नगरले वृद्धि गरेको करप्रति दल र जनताले उठाएको आवाजको नगरले समिक्षा गर्दै करको दर हेरफेर गर्न नगरपालिका तयार रहेको उल्लेख गरेको छ। सोहि विज्ञप्तीमा १५ दिन भित्र सो कर सम्बन्धी सवैको हितमा उपयुक्त हुने निर्णय गरी कार्यान्वयन गरने उल्लेख गरिएको छ।

 

456562978_972914121272135_6736543870054521269_n 456133084_397750239684723_380908366144490693_n