सिरहा, १६ भदौ। विषालु सर्पले डसेर घाइते महिलाको धामीझाँक्रीको भर पर्दा मृत्यु भएको छ। गोमन सर्पले डसेपछि तत्काल उपचारका लागि अस्पताल पुर्याउने भन्दा पनि धामीझाँक्रीको भरपर्दा सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका ३ परिहारपुर माइती रहेकी करिब ३० वर्षीया सरिताकुमारी सदायको शनिबार अपरान्ह मृत्यु भएको हो।

शौचालयबाट फर्किने क्रममा शनिबार दिउँसो करिब ३ बजेतिर देब्रे खट्टामा सर्पले डसेको थाहा पाएपछि घरका मानिसहरुले डसेको भागमाथि डोरीले बाँधेर गाउँकै धामी झाँक्रीकोमा लगेको आफन्तले बताएका छन्। अवस्था गम्भिर बन्दै गएपछि धामीले अस्पताल लैजानु पर्ने सुझाव दिएका थिए। अन्तिम अवस्थामा अस्पताल ल्याएकी उनको उपचार शुरु भए लगत्तै मृत्यु भएको अस्पतालले जनाएको छ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर विवाह भएकी उनी माइतीमै बस्दै आएकी थिइन्। इलाका प्रहरी कार्यालय लहानका प्रमुख डीएसपी विष्णुप्रसाद सोतीले मृतकको आइतबार बिहान पोष्टमार्टम गरी सम्बन्धित परिवारलाई जिम्मा लगाइने जानकारी दिए।

MOUNT COLEge