सिरहा, १५ भदौ। गोलबजार नगरपालिकाले जग्गामा लाग्ने मालपोत (कर) वृद्धि विरुद्ध नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) गोलबजार नगरकमिटीको गम्भिर ध्यानाकर्षण भएको वनाएको छ। चालु आर्थिक वर्ष २०८१/०८२ बाट लागुहुनेगरी एकैपटक हजारौं प्रतिशतले वृद्धि गरेको मालपोत तत्काल नसच्याय आन्दोलनमा जान बाध्यहुने प्रेस विज्ञप्ती मार्फत बताएको हो।

पार्टीले जीवन कुमार यादवको संयोजकत्वमा संघर्ष समिति नै गठन गरेर हचुवाको भरमा वृद्धि भएको मालपोत नउठान र तत्काल सच्याएरमात्र कार्यान्वयन गर्न गराउन माँग गर्दै प्रेस विज्ञप्ती जारी गरेको छ।

संयोजक यादवद्वारा जारी विज्ञप्तीमा ‘हाम्रो महान तथा गौरवशाली पार्टी पालिकाको नगरसभाले औद्योगिक (कर्पोरेट), आवाशिय र कृषि क्षेत्रमा वर्गीकरण गरी गत वर्षसम्म प्रति कठ्ठा ५ रुपैयाँमात्र तिर्दै आएको कर अहिले ४०० रुपैयाँ सम्म तिर्नु पर्ने अवस्था छ। यो कुनै नीति, नियमको आधारमा भन्दा पनि हचुवाको भरमा कर निर्धारण गरेको प्रस्ट हुन्छ। त्यसैले यो स्थानीय सरकारले गरेको निर्णय जनविरोधी छ। किसानमारा छ।’ भनी उल्लेख गरिएको छ।

प्रेस विज्ञप्तीमा एकलौटी ढङ्गले जग्गामा गरेको करवृद्धिबाट नगरका किसान, मजदुरको ढाड भाच्ने काम भएको भन्दै यसरी नगरपालिकाले सम्वन्धित किसान मजदुरको जीवनस्तरमै दुुस प्रभावपार्नेगरी हचुवाको भरमा वृद्धि भएको मालपोत नउठान र तत्काल सच्याएरमात्र कार्यान्वयन गर्न गराउन जोडदार माँग गर्दछौं; भनिएको छ।

PRESS imej MOUNT COLEge

विज्ञप्तीमा हामीले उठाएको जायज माँगप्रति वेवास्ता गरे चरनवद्ध आन्दोलनमा जान पार्टी बाध्य हुने बताएको छ।