सिरहा, ११ भदौ। सिरहामा महिलाहरुको एक समूहले गोलबजार नगरपालिका ७ स्थित श्रृजनशील लघुवित्त वितीय संस्था लिमिटेड र जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड चोहर्वा शाखामा आगजानी गरेको छ। महिलाहरुको समूहले दुवै कार्यालयमा कार्यालय प्रायोजनका कागज, कम्प्यूटर, ल्यापटप मोबाइल जलाएका हुन्।

shrijanshil 1

श्रृजनशील लघुवित्त वितीय संस्था लिमिटेड कार्यालयभित्रै करिव २० जनाको समूहमा आएका महिलाहरुले ल्यापटप दुई थान र टेवलमा भएका सम्पूर्ण कागजात नियन्त्रणमा लिएर जलाएको संस्थाका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार २–३ जनाका दरले ग्राहकजस्तै भएर आएका महिलाहरुले एक्कासी टेवलमा भएको सवै कागजात र दुई वटा ल्यापटप नियन्त्रणमा लिएर जलाएर भागेको हो।

GBR MABI - 444

तत्काल क्षतिको विवरण एकीन नभएको अध्यक्ष श्रेष्ठले बताए। उनले भने, ‘तत्काल क्षतिको विवरण जानकारीमा आएको छैन, मुचुल्का उनठाउने काम भईरहेको छ। त्यसपछि जानकारी होला।’

त्यसैगरी जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडमा पनि दुइ वटा डेक्सटप कम्प्यूटर कामैनलाग्नेगरी फूटाएको र विभिन्न कागजातहरु नियन्त्रणमा लिएर जनाएको छ।

लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति नेपालले सरकार र संघर्ष समितिको कार्यदलले वनाको प्रतिवेदन लघुवित्त माफियाहरुको प्रभावमा कार्यान्वयन नगरेकाले आफूहरु संघर्षमा जान बाध्य भएको मधेश प्रदेश अध्यक्ष अर्जुन विश्वकर्माले जानकारी दिए। उनले भने, ‘अर्थमन्त्रालय, राष्ट्रबैंकका प्रतिनिधी र संघर्ष समितिले मेहनत गरेर बनाएको प्रतिवेदन लघुवित्त माफियाहरुको प्रभावमा सरकाले कार्यान्वन गर्न चाहेनन्,

पीडितहरुले पीडा खप्न नसकेपछि आजको कार्वाही भएको हो। यो देशव्यापी रुपमा भएको छ।’
आगलागी संलग्न रहेको आरोपमा करिव १० जना महिलाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर सुनिल कार्किले जानकारी दिए।

उनले आगलागी किन गरेको हो भन्ने विषयमा सोधपुछ भईरहेको प्रहरीले जनाएको छ।