रामनारायण ठाकुर
मिर्चैया, ११ भदौ। नाई सहयोग संस्था नेपालको दोस्रो वार्षिक साधारण सभाले चन्देश्वर ठाकुर (सिरहा) को अध्यक्षतामा २५ सदस्य केन्द्रीय कार्यसमिति चयन गरेको छ। ‘सब के सहयोग, सब के कल्याण’ भन्ने नाराका साथ सिरहाको गोलबजारमा दोस्रो वार्षिक साधारण सभासम्पन्न भइको हो।
सभाले बरिस्ठ उपाध्यक्ष लालबाबु ठाकुर (गाईघाट) उपाध्यक्षहरूमा अर्चना ठाकुर (महोत्तरी), राम जतन ठाकुर (धनुषा), रमन ठाकुर (महोतरी), नागेन्द्र ठाकुर (सर्लाही), संतोष ठाकुर
(सप्तरी), महासचिवमा राजेन्द्र ठाकुर (सिरहा), सचिवहरूमा आशादेवी ठाकुर (धनुषा), राधा देवी ठाकुर (धनुषा), कोषाअध्यक्षमा वहुरा ठाकुर (धनुषा) सर्वसम्मत रुपले चयन भएको आयोजकले जनाएको छ।
त्यसैगरी, सदस्य हरूमा लिला देवी ठाकुर (सप्तरी), चन्देश्वर ठाकुर (लहान), बिरेन्द्र ठाकुर (नवलपरासी), मुरारी ठाकुर (वारा), रामउदगार ठाकुर (सिरहा), विश्वनाथ ठाकुर (रौतहट), महादेव ठाकुर (मोरङ्ग) चयन भएको छ।
दोश्रो वार्षिक साधारण सभा कार्यक्रम नाई सहयोग संस्था नेपालका जेष्ठ तथा आजीवन सदस्य रामउदगार ठाकुरको प्रमुख अतित्य र केन्द्रीय अध्यक्ष रोशन कुमार ठाकुरको अध्यक्षतामा सम्पन्न भएको थियोे।
कार्यक्रममा जेष्ठ नागरिक गोलबार निवासी १०५ वर्षीय अमृत ठाकुरलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए।
सोही क्रममा संस्थामा योगदान पुराएका विभिन्न व्यक्तितोहरूसहित पत्रकार द्वय रामनारायण ठाकर र श्याम ठाकुलाई मायाको चिनो र गम्छा अबिरले सम्मानित गरेका थिए।