सिरहा,१० भदौ। सिरहाको गोलबजार नगरपालिका ८ पुरानो चोहर्वाबजारमा कृष्ण जन्म अस्ठमिको अवसरमा मटका फोड कार्यक्रम सम्पन्न भएको छ।
मटका फोड कार्यक्रममा दिनानाथ दिनाभर्दी टिम ३७ सकेन्डमा मटका फोडेर प्रथम भएको छ। दशैमहाजटोल संजय रायको टिमले ४४ सकेन्डमा र गोबिन्दपुर टिमले एक मिनट ३० सकेन्डमा मटका फोरेर दोस्रो र तेस्रो स्थान प्राप्त गरेको मेला संयोजक किशोरी यादबले बताए।
आयोजकले प्रथम हुने टिमलाइ २१ हजार, दोस्रो र तेस्रो हुने टिमलाई १५ र ११ हजार नगद सहित शिल्ड र मेडल प्रदान गरिएको छ। मटकाफोर कार्यक्रममा जम्मा ६ वटाटिम सहभागी रहेको थियो।
कार्यक्रमका प्रमुख अथिती मधेश प्रदेशका सांसद मनोज कुमार सिंह, विशिस्ट अथिती गोलबजार नगरपालिकाका नगर प्रमुख श्याम कुमार श्रेष्ठ, नेकपा माओवादी केन्द्रका नेता रामचन्द्र महतो, नरहा गाउँपालिकाका अध्यक्ष रामप्रमोद यादब, जिल्ला इँटा उद्योग व्यसायी संघ सिरहाका अध्यक्ष कृष्णा सिंह लगायतका स्थानिय व्यपारिहरुको उपस्थिती रहेको थियो।
कार्यक्रम संचालन नेकपा माओबादीका नेता जीवन यादबले गरेका थिए।
आज राती ९ बजे देखि मैथली कलाकार कलकतियावालीको विशेष प्रस्तुति सहितको सांस्कृतिक कार्यक्रम सञ्चालन हुने आयोजकले बताएको छ।