संजू कुमारी दास

गोलबजार, ७ भदौ। भारतको कोलकातामा ३१ वर्षिय डाक्टर मौमिता देवनाथको सामूहिक बलात्कार पछि हत्याको विरुद्ध सिरहाको गोलबजारमा मैनवत्ति प्रज्वलन गरी शान्तिपूर्ण विरोध प्रदर्शन गरेको छ। मुक्तिनेपाल गोलबजार, महिलामानव अधिकार रक्षक संजाल सिरहा लगायतका संघ–संस्थाहरु र अधिकार कर्मीहरुले गोलबजारको मुख्य चौकमा दीप प्रज्वलनगरी डा. नेवनाथप्रति श्रद्धाञ्जली अर्पणगर्दै विहिवार बेलुका शान्तिपूर्ण विरोध प्रदर्शन गरेको हो।

भारतको कोलकात्तास्थित आर जी कार मेडिकल कलेजमा गत ९ अगस्तमा भएको ३१ वर्षिय डाक्टर मौमिताको बलात्कारपछि हत्याको विरोधमा नेपाल, भारतलगायत विश्व भरीनै जुलुस र शान्ति पुर्ण विरोध प्रदर्शन हुदै आएको छ।

स्वास्थ्य कर्मी लगायत सम्पुर्ण महिलाको सुरक्षा सुनिश्चित गर्न तत्कालै अपराधीहरुलाई हदै सम्मको कारवाही गर्न आह्वान गरेको छ।
स्नातकोत्तर दोस्रो वर्षकी परिक्षार्थी डा. मौमिता देवनाथमाथि भएको यस्ता विभत्स घटनाले भारत मात्रै न भई विश्वका धेरै देशहरु स्तब्ध भएको छ।

यस्ता जघन्य अपराधले चिकित्सा पेशामा सामना गर्नुपर्ने अपठ्याराहरुबारे प्रकाश पार्नुका साथै, व्यापक आक्रोश र कार्य स्थलमा महिलाको सुरक्षा सुनिश्चिता गर्न प्रणलीगत परिर्वनको मागहरु पनि उठिएका छन्। न्याय डा. मौमिताका लागि मात्रै होइन संसारका सबै महिलाहरुका लागि हो किनकी महिला कहीं पनि सुरक्षित देखिदैन।

SHREEJANA