बद्री नारायण यादव

जनकपुरधाम, ६ भदौ। मधेश प्रदेश सरकारका मुख्यमन्त्री कार्यालय अगाडि धर्ना बसेको तीस घण्टा पछि अनसनकारीको समर्थनमा एक्यबद्धताको ओइरो लागेको छ। विभिन्न सामाजिक संस्थाले प्रेस विज्ञप्ती जारी गर्दै एक्यबद्धता जनाएका छन्।

सिरहा जिल्ला अदालत बार एशोसिएसनका अध्यक्ष मनद कुमार साहको अगुवाई अधिवक्ताहरुको टोलीले जिल्ला प्रशासन कार्यालय सिरहा मार्फत मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह समक्ष एक्यबद्धता पत्र पठाएका छन्।

अनसनकारीको मागलाई अविलम्ब सम्बोधन गर्न भन्दै सनातन हिन्दु परिषद नेपालका अध्यक्ष मनिष कुमार यादव, समाजवादी ईन्जिनियरीङ्ग एसोसिएसन नेपाल ९सीन० मधेश प्रदेशका अध्यक्ष ई रोशन कुमार यादव, मात्रृभूमी युवा समाज नेपालका उपाध्यक्ष डा. अविनाश पुर्वे, प्रदेश युवा सञ्जाल मधेश प्रदेशका नइम राईन लगायतले विज्ञप्ती जारी गरेका छन्।

हुलाकी रामजमार्गमा पर्ने कमला नदिमा नयाँ पुल निर्माणको माग गर्दै पूर्वघोषित कार्यक्रम अनुसार हुलाकी राजमार्ग कमला पुल संघर्ष समिति सिरहा धनुषाका संयोजक ई प्रविण यादव, सिरहा नगरपालिका ४ र ६ का वडाध्यक्षद्वय समसाद आलम, ईन्द्रजित यादव , औरही गाउँपालिका ३ र ४ का वडाध्यक्षद्वय जीवछ यादव, सुरेन्द्र यादव, सिरहा पुस्तकालयका कार्यवाहक अध्यक्ष भोगेन्द्र साह, सिरहा नगरपालिका ८ का वडा सदस्य रुपेश यादव, सनातन हिन्दु परिषद्का मनिष कुमार यादव, समाजसेवी युवा शैलेश यादव र शिवशंकर यादव आमरन अनसनमा बसेका छन्।

हुलाकी राजमार्गमा पर्ने कमला नदिमा नयाँ पुल निर्माणको माग राख्दै ०८१ साउन २७ मा सिरहाबाट सैकडौं व्यक्तिहरुको सहभागीतामा मोटरसाइकल ¥याली सहित बुझाइएको ज्ञापन पत्रमा उल्लेखित सामयसिमाभित्र मधेश प्रदेश सरकारको कुनै आधिकारिक धारणा नआएपछि बाध्य भएर अनसनमा बस्नु परेको संयोजक यादवले बताए।

अनसनको समय लम्बिदै गएपछि अनसनकारीहरुको स्वास्थ्य अवस्था बिग्रदै गएको छ। अधिकांश अनसनकारीको सलाईन लगाएका छन्। सिरहा नगरपालिका १७ पटेर्वा निवासी डा. कृष्ण कुमार यादवको पहलमा आएका स्वास्थ्कर्मीको टोलीले अनसनकारीको स्वास्थ्य अवस्थाको निगरानी थालेका छन्।

aa9c7a84-0a58-499e-93b6-650118cf267c janakpur