फाईल फोटो।
काठमाडौं, ३ भदौ। बझाङमा पहिरोमा परेर एकै परिवारका चार जनाको मृत्युभएको छ। अन्उ ६ जनाले भागेर ज्यान जोगाएका छन्।
गएराती पहिरोमा परेर बुङ्गल नगरपालिका १० टुमेडाका बीरबहादुर धामीकी श्रीमती ५५ वर्षीया काली धामी, बुहारी २५ वर्षीया गोल्की धामी तथा नातिनीहरु ६ वर्षकी आकृती र तीन वर्षकी लक्ष्मीको मृत्यु भएको हो।
गएराति १ बजेतिर झरेको पहिरोले घर पुरीदा उनीहरुको मृत्यु भएको सुदूरपश्चिम प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक डिल्ली विष्टले जानकारी दिए। पहिरो घरमा खस्दा परिवारका नौ जना र एक जना पाहुना समेत १० जना रहेकामा ६ जनाले भागेर ज्यान बचाएका छन्। शव प्रहरी र स्थानीयबासिन्दाको टोलीले निकालेको हो। पहिरोमा पाँच वटा बाख्रा पनि पुरिएका छन्।