सिरहा,२ भदौ। सिरहा प्रहरीले बिल–बिजक विनाको साडे पाँच लाखभन्दा बढीमूल्य बराबरको सुन र चाँदीका गहनासहित एक युवकलाई नियन्त्रणमा लिएको छ।

BRMHACHARI

चेक जाँचको क्रममा सिरहा नगरपालिका ७ महिसोथास्थित ग्रामिण सडकबाट पाँचथर आरुबोटे नगरपालिका ५ घर भई हाल झापाको दमकमा डेरागरी बस्ने २८ वर्षिय रोशन बराईलीलाई पाँच लाख ५२ हजार नौ सय नौरुपैयाँ मूल्य बराबरको सुन र चाँदी सहित आज विहान नियन्त्रणमा लिएको हो।

सिरहाबाट चोहर्वातर्फ जाँदै गरेको प्र.१–०१–०१४ प ४६२५ नम्वरको मोटरसाइकल सङ्कालागि चेकजाँच गर्दा दुई लाख १७ हजार ६ सय ८० रुपैयाँ मूल्य बराबरको दुई हजार ६ सय ५२ ग्राम चाँदी र तीन लाख ३५ हजार दुई सय २८ रुपैयाँ मूल्य बराबरको २६.५ ग्राम सुनसहित बराईलिलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी रमेश पण्डितले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलिले बराइलीले बोकेको पछाडी भिड्ने झोलाबाट चाँदीको बाला ५४ थान, ब्रासलेट ११ थान, चुरा २९ थान र रड एक थान बरामद भएको जनाएको छ।

त्यसैगरी हरियो पोतोमा जडित सुनको माला १८ थान, रातो पोतेमा जडित ३० थान, सेतो मोतिमा जडित पाँच थान, खुल्ला चन्द्रमा ६ थान, पोतेमा जडित चक्र ८ थान र मंगलसुत्र १ थान बरामद गरेको जनाएको छ।

प्रहरीले यस सम्वन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

maunt - Copy