सिरहा, ३२ साउन। प्रहरीले सिरहाको बरियारट्टीबाट करिव ३४ हजार मूल्य बरावरको भन्सार छलिको सामानसहित एक थान अटो नियन्त्रणमा लिएर भन्सार कार्यालय सिरहालाई बुझाएको छ।

जिल्लाको बरियारपट्टी गाउँपालिका ३ कटनीयाँबाट भारतबाट अवैधरुमा ल्याएकोे ३३ हजार आठसय मूल्य बराबरको सातबोरा चिनी, ३ प्याकेट रजनिगन्धा र तीन काटुन खानेतेलसहित स. १ ह ३१७३ नम्बरको अटो नियन्त्रणमा लिइ भन्सार कार्यालयमा बुझाएको हो।

मधेश प्रदेशबाट खटीएको प्रहरी टोलिले २३ हजार आठ सय मूल्य बरावरको सातबोरा चिनी, ६ हजार मूल्य बरावरको ३ प्याकेट रजनिगन्धा र चार हजार मूल्य बरावरको तीन काटुन खानेतेलसहित एक लाख १० हजार मूल्य बरारको अटो नियन्त्रणमा लिएको मधेश प्रदेश प्रहरी टोलिले जानकारी गराउन साथ पुगेका इलाका प्रहरी कार्यालय वरियारपट्टीको टोलि पुगेको जिल्ला प्रहरी कार्यालय सिरहाका इन्सपेक्टर दिपक कुमार सिंहले जानकारी दिए।

बरियारपट्टी प्रहरीले आवश्यक प्रक्रियापुरागरी नियन्त्रणमा लिएको सामाग्रीसहित अटो र चालक सुखिपुर नगरपालिका ८ का ३८ वर्षिय ब्रहमदेव पूर्वेसहितलाई आश्यक कार्वाहीको लागि जिल्ला भन्सार कार्यालय सिरहामा बुझाएको छ।

maunt - Copy