सिरहा, ३० साउन। अन्तराष्ट्रिय युवा दीवसको अवसर पारेर सिरहाको गोलबजारमा लागुऔषध नियन्त्रण सम्वन्धि जनचेतना कार्यक्रम गरेको छ। सप्ताह व्यापी कार्यक्रम अन्तर्गत आज मुक्ति नेपालले गोलबजार नगरपालिका ५ असनपुरमा स्थानीय युवा र उनीहरुका अभिभावकसंग लागु औषधको प्रयोगबाट हुने प्रभावका विषयमा अन्तरकृया गरेका हुन्।

BRMHACHARI

अहिले प्रायः युवाहरु विभिन्न कारणले लागु औषधको कुलतमा लाग्दा उनीहरुले आफ्नो भविष्य त बिगर्छ नै साथै परीवार, समाज र सिंगोंराष्ट्र माथि नै प्रभाव पर्ने भएकाले यसका विषयमा समुदायस्तरमै छलफल तथा जनचेतना फैलाउन कार्यक्रमको आयोजना गरिएको आयोजकले बताए।

सचेतना कार्यक्रममा लागु औषधको परिचय, असर, लक्षण र कानुनी उपचारको विषय, आर्थिक रुपमा हुने हानीको विषयमा छलफल भएको थियो। छलफलमा लागुऔषध नियन्त्रणमा युवाको मात्र दायित्व नभई अभिभावक पनि जिम्मेवार र सचेत हुनु पर्ने आजको आवश्यत्ता रहेको मुक्ति नेपालका कार्यक्रम संयोजक धिरेन्द्र साहले प्रस्ट पारे।

अहिले उमेर अनुसार १५ वर्ष मुनिका १.४ प्रतिशत, १५ देखि १९ उमेर समुहका १९.९ प्रतिशत, त्यस्तै २०–२४ का सबै भन्दा बढी ३२.२ प्रतिशत, ३०–३४ का १३.७ प्रतिशत र ३५–३९ उमेर समुहका ५.७ प्रतिशत व्यक्तिे कुलतमा रहेको एक तथङ्कले देखाएको छ। जसमध्ये मुखले सेवन गर्ने लागु पदार्थ ४३ प्रतिशत र अन्य बाट ५७ प्रतिशत रहेको जनाए।

त्यस्तै, कार्यक्रममा सहभागि सुरज कुमार सिंहले लागुऔषध सचेतना कार्यक्रमले लागु औषध सेवनले लाग्ने दीर्घ कालिन र भयावह रोगहरुका विषयमा जान्ने अवसर मिलेको बताए। उनले आफूले जानेका कुरा साथीहरुलाई सचेत गराउने बताए।

त्यस्तै, अर्की सहभागी दीपिका सिंहले यस्तोे कुराहरुको जानकारी नै नभएको बताए। उनले लागुपदार्थ सेवनबाट देखिने लक्षणहरु हाम्रो गाउँ समाजमा कसैमा देखिए त्यस्ता लतबाट जोगाउन सहयोग गर्ने बताए।

maunt - Copy