काठमाडौं, २७ साउन। प्रतिनिधीसभा सदस्य तथा नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले भुटानी शरणार्थी, गिरीबन्धु र बिद्युतको बक्यौदा असुलीमा तलमाथी गर्न नहुने बताएका छन्।
प्रतिनिधिसभाको जारी बैठकको बिशेष समयमा बोल्दै थापाले भुटानी शरणार्थी प्रकरणमा हालसम्म भएका अनुसन्धानमा नै टेकेर थप अनुसन्धान गर्नु पर्ने, सर्वोच्च अदालतले दिएको आदेश अनुसार गिरिबन्धुको मुद्दा टुङ्ग्याउनु पर्ने र बिद्युत महशुल बक्यौंता कानुन अनुसार असुल गर्नुपर्नेसमेत बताएका हुन्।
‘हिजो हामी प्रतिपक्षमा बस्दा जे–जे बोलेका छौं, यतापटी कुर्सी (सत्तापक्ष)मा बस्दा पनि त्यही बिषय उठाउने छौं,’ उनले भने, ‘भुटानी शरणार्थी, गिरिबन्धु र बिद्युत मस्यौदा शुल्कका बारेमा उही धारणा रहेको छ, यसको सत्यतथ्य छानबिन हुन्छ, हुनु पर्छ।’
उनले यी तीनै बिषयलाई सरकारले सत्यतथ्य रुपमा छानबिन गर्नुपर्नेमा जोड गरेका छन्।