काठमाडौं, २९ साउन। सार्वजनिक आलोचनापछि मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सबै ८ जना राज्यमन्त्रीलाई बर्खास्त गरेका छन्। मुख्यमन्त्री सिंहले सबै ८ राज्यमन्त्रीलाई बर्खास्त गरेका हुन्।

d059bfb6-f621-40ed-adbc-fd8d6ecc9deb

मधेश सरकारबाट राज्यमन्त्रीहरु रेखा ठाकुर, निलम कुमारी रजक, रामबाबु यादव, शम्भु साह, मोहम्मद जैद आलम,केशव राय, शारदा देवी थापा र रञ्जुकुमारी मण्डल रहेका छन्।

२० सदस्यीय पुगेको मधेशको मन्त्रिपरिषद अब १२ सदस्यीय भएको छ। जसमा ११ मन्त्रालयमा १/१ जना मन्त्री र एक मुख्यमन्त्री छन्।

२५ जेठमा मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री सिंहले पछिल्लो पटक २२ साउनमा पाँच राज्यमन्त्री थप गरेर मन्त्रिपरिषद २० सदस्यीय बनाएका थिए।

मन्त्रिपरिषदलाई अनावश्यक रुपमा ठूलो बनाएर राज्यस्रोतको दोहन मात्र गरेको भन्दै विरोध भएको थियो। मधेश प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल जनता समाजवादी पार्टी नेपालले यसैलाई मुद्दा बनाउँदै आन्दोलन गरिरहेको थियो।

बर्खास्तीमा पर्ने राज्यमन्त्रीमा एमालेका ३, कांग्रेसका २, जनमतका २ र लोसपाका १ जना रहेका छन्।

बर्खास्त गरी मुख्यमन्त्री कार्यालयले प्रदेश प्रमुखलाई मंगलबार बिहान पत्र पठाइसकिएको मुख्यमन्त्री सचिवालय स्रोतले जनाएको छ।