सिन्धुली, २८ साउन। सिन्धुली प्रहरीले १० ग्रामभन्दाबढी प्रतिवन्धित लागु पदार्थ व्राउन सुगरसहित सिरहाका दुई जनालाई पक्राउ गरेको छ। कमलामाई नगरपालिका ९ चोरखोलाबाट १० ग्राम १ सय ५ मिलिग्राम सहित अवैध लागु पदार्थ ब्राउन सुगरसहित आइतबार अपरान्ह सिराहा कर्जन्हा गाउँपालिका ३ का ३६ वर्षीय लाल बाबु यादव र ४२ वर्षीय धन बहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले सिराहाबाट खोटाङ हलेसीतर्फ जाँदै गरेको प्रदेश २–०१–००२ प ९९३३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको प्रहरीले जनाएको छ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।