सिरहा, २८ साउन। अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर सिरहाको औरही गाउँपालिकामा युवा जनमत संघले रक्तदान गरेका छन्। औरही गाउँपालिका ५ स्थित हनुमान चौकमा आयोजित रक्तदान कार्यक्रममा दुईजना महिलासहित २७ जनाले रक्तदान गरेका हुन्।
रक्दतान कार्यक्रममा रगतको आवश्यकता सबैलाई पर्छ। तर रगत दान गर्न मान्छे अहिलेपनि हिचकिचाइरहेको अवस्था छ। रक्तदान सम्बन्धी जनचेतना अभावका कारण पनि मान्छे रक्तदान गर्न डराउने गरेको सिरहा क्याम्पसका स्वबियु सभापति दिपेन्द्र कुमार यादबले बताए। अहिलेको बैज्ञानिक युगमा पनि रगत कुनै फ्याकट्रीमा उत्पादन भैरहेको छैन, हुने पनि होइन। यो मानव शरिरमा नै उत्पादन हुने हो। त्यसैले रक्तदान बारे जनचेतना अभियानको आवस्यकता रहेकोयादवले बताए।
जनमत पार्टीको भातृ संगठन युवा जनमत संघले ‘दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि, डिजिटल प्रविधिमा युवा पहुँच अभिवृद्धि’ नारासहित मनाइएको कार्यक्रममा स्थानीय युवा, बुद्धिजीवी, राजनीतिकर्मी, समाजसेवी, कर्मचारी लगायतले रक्तदान गरेका थिए। जनमत समर्थित युवाहरुले समय समयमा रक्तदान कार्यक्रम गर्दै आइरहेको छ।