सिरहा, २६ साउन। मधेस प्रदेशमा मुख्यमन्त्रीसहित २० सदस्यीय मन्त्रीमण्डल छ। मन्त्रीहरू धेरै बनाएको भन्दै यतिबेला चौतर्फी आलोचना भइरहेको छ।

सरकारमा २० जना सामेल भएको भन्दै मधेस प्रदेशमा केही युवाले आन्दोलन पनि गरिरहेका छन्। ८ जिल्ला रहेको मधेसमा २० जना मन्त्री हुँदा मुख्यमन्त्रीसहित ६ जना मन्त्री सप्तरीबाटै प्रतिनिधित्व गर्छन्।

मधेसमा जनमत पार्टीले सप्तरीबाट प्रतिनिधित्व गर्ने सतिशकुमार सिंहलाई मुख्यमन्त्री बनाएको छ। जनमतले सप्तरीबाटै एक जना मन्त्री र दुई जना राज्यमन्त्री पनि बनाएको छ। जनमतबाट चुनाव जितेका सकिल अलीलाई उद्योग तथा पर्यटनमन्त्री र शम्भुकुमार साहलाई उद्योग, वाणिज्य तथा पर्यटन राज्यमन्त्री बनाइएको छ। यस्तै, रञ्जुकुमारी खंगलाई वन तथा वातावरण राज्यमन्त्री बनाएको छ।

त्यस्तै एमालेले पनि सप्तरीबाट राजकुमार लेखीलाई गृह तथा सञ्चारमन्त्री बनाएको छ। कांग्रेसले पनि सप्तरीबाट मधेस प्रदेशका समानुपातिक प्रदेश सभा सदस्य नीलमकुमारी रजकलाई ऊर्जा, सिँचाइ तथा खानेपानी राज्यमन्त्री बनाएको छ।

GBR MABI