सिरहा, २४ साउन। काठमाडौं प्रहरीले प्रतिवन्धित लागु पदार्थ ब्राउन सुगरसहित सिरहाका दुई जनालाई दुईजनालाई नियन्त्रणमा लिएका छन्।
काठमाडौं महानगरपालिका ३२ नरेफाँटबाट अवैध लागूऔषध खैरो हेरोइन ६ सय ४० मिलिग्राम र दुई मोबाइल मंगलबार दिउँसो सोही ठाउँ डेरा गरी बस्ने सिराहा गोलबजार नगरपालिका ६ का ३३ वर्षीय धर्मेन्द्र सिंह र सिराहा मिर्चैया नगरपालिका ५ का ३३ वर्षीय अनिल साहलाई प्रहरीले पक्राउ गरेका हुन्।
लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्ने क्रममा उक्त लागूऔषध फेला पारेपछि पक्राउ गरेको जनाएको छ।
यस सन्वन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।




















