सिरहा, २४ साउन। पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत सिरहा धनुषा जोड्ने कमला नदीमा नयाँ पुल निर्माणको माँग गर्दै सिरहाको सरमुकाममा प्रदर्शन भएको छ। पुल निर्माण संघर्ष समितिको आव्हानमा विहिवार अपरान्ह प्रदर्शन भएको हो।

नयाँ पुल निर्माणको माँगसहित प्रदर्शनकारीहरुले महावीर चोकदेखि थाना चोकसम्म नारा–जुलुस गर्दै प्रदर्शन गरेका थिए। प्रदर्शनकारीहरुले कमलाको पुल हुलाकी सडकको मेरुदण्ड रहेको बताउँदै तत्काल निर्माणको माँग गरे।

‘पुल नहुँदा हामीले वर्षौंदेखि सास्ती खेप्दै आएका छौं, सरकारले आफैं सोच्नु पर्थ्यो, तर हामीले आन्दोलन गर्नुपरेको छ, यो दुर्भाग्य हो; संघर्ष समितिका संयोजक प्रवीण यादवले भने।

संघर्ष समितिका अनुसार आगामी सिरहाको बसबिट्टादेखि जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्म मोटरसाइकल जुलुस निकाल्ने कार्यक्रम छ।

कमला नदीमा बनेको पुल उद्भाटनकालागि ठिक्क पारेका बेला बाढीले बेला २०७८ असार १७ गते पुल पुलको पाया भासिएको थियो। तीन वर्ष वितिसक्दा पनि त्यसको पुनः निर्माण हुन सकेको छैन। अव त्यो पुल वन्ने सम्भावना कम भएपछि स्थानीयले नयाँ पुल निर्माणको माँग गरेका हुन्।

भत्केको पुल शिलान्यास भएको १३ वर्ष बितिसकेको छ। कमलामा ४ सय ७० मिटर लामो र ११ मिटर चौडाइको पुल साढे तीन वर्षभित्रै निर्माण गरिसक्ने गरी २४ करोड ९१ लाखमा २०६८ मंसिरमा पुल बनाउन शिलान्यास भएको थियो। पुल निर्माणको ठेक्का पाएको पप्पु लुम्बिनी बिल्डर्स जेभी कन्स्ट्रक्सनले तोकिएको मितिमा पुल नबनाएपछि पटक–पटक म्याद थपिए पनि अहिलेसम्म पुल बन्न सकेको छैन।

२०७५ पुसमा रामरिझन यादवको नेतृत्वमा हुलाकी सडक संघर्ष समितिले रिले अनशन थालेपछि हुलाकी राजमार्ग निर्देशनालयले पप्पु कन्स्ट्रक्सनबाट सो ठेक्का खोसेर २०७६ असोज १ मा लुम्बिनी बिल्डर्स कन्स्ट्रक्सनलाई २०७८ असार १३ भित्र काम सक्ने गरी जिम्मा लगाएको थियो।

पुलको निर्माण सम्पन्न भएपनि सामान्य बाढीले पाया भासियपछि काम नलाग्ने अवस्थामा छ।

maunt - Copy