मधेश प्रदेशका नवनियुक्त पाँच राज्यमन्त्रीहरु पद तथा गोपनीयताको शपथ लिदै।
काठमाडौं, २३ साउन। मधेश प्रदेशमा सत्ताको चरम दुरुपयोग सुरु भएको छ। जनमत पार्टीका मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार ५ जना राज्यमन्त्री थपेर मन्त्रिपरिषद २० सदस्यीय पुर्याएका छन्।
प्रदेश सरकार प्रभावकारी नभएको भन्दै आम रुपमा आलोचना भइरहेको बेला मधेस सरकारमा मुख्यमन्त्रीसहित १२ मन्त्रालयमा थप ८ राज्यमन्त्री थपेर सत्ताको चरम दुरुपयोग गरिएको छ।
सत्ता टिकाउन र गठबन्धनमा रहेका दलहरुलाई भागबण्डा पुर्याउने नाममा प्रदेशमा यसरी सरकार निर्माण गर्नु आफैमा नमिल्ने र आम रुपमा स्वीकार्य नहुने देखिएको छ।
यो मधेशमा अहिलेसम्मको सबैभन्दा ठुलो मन्त्रिपरिषद हो। मंगलबार एमालेबाट मो. जयद आलम भौतिक पूर्वाधार विकास राज्यमन्त्री नियुक्त भएका छन्। कांग्रेसबाट रेखा ठाकुर भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री र निलम कुमारी रजक उर्जा सिंचाइ सरसफाइ तथा खानेपानी राज्यमन्त्रीमा नियुक्त भएका छन्। त्यस्तै लोसपाबाट रामबाबु यादव शिक्षा तथा संस्कृति राज्यमन्त्री र जनमतबाट सम्भु साह उद्योग पर्यटन राज्यमन्त्रीमा नियुक्त भएका छन्।
प्रदेश सरकारप्रति आम रुपमा चरम वित्रिष्णा छाईरहेको बखत सत्ता जोगाउनकै लागि मन्त्री थप्ने कार्य घातक बन्न सक्ने रानीतिक विश्लेषकहरु बताउँछन्। उनीहरु आर्थिक सङ्कट, चरम भ्रष्टाचार र वेथितीले आजित जनताले यो परिपाटी धेरैदिन स्वीकार्न सक्ने अवस्था नरहेको बताए।