सिरहा, २२ साउन। नेपाल विद्युत प्राधिकरण विरुद्ध स्थानियहरुले सिरहाको चोहर्वामा चक्काजाम गरेको छ। प्राधिकरणले चरम लापर्वाही गरेको भन्दै स्थानियहरुले पुर्व–पश्चिम राजमार्ग अन्तगैत गोबजार ८ चोहर्वामा १ घन्टा टायर बालेर सडक अवरुद्ध गरिएको हो।

91f4ba48-088e-4656-9c98-885dacb74033

गोलबजार नगरपालिका वडा नम्वर ७, ८ र १० लगायतका बस्तिहरुमा चारदिन देखि विद्युत अवरुद्ध हुँदा पनि विद्युत प्राधिकरणका कर्मचारीहरुले वास्ता नगरेको भन्दै बाध्य भएर चक्काजाम गर्नु परेको स्थानिय किशोरी यादबले बताए। यादबले भने, ‘बस्तिहरुमा विद्युत अवरुद्ध हुँदा गोलबजार र मिर्चैया शाखाका कर्मचारी र प्रमुख लाई पटक–पटक जान्कारी गराउदा पनि वास्ता गरेननर। हामी माध्य भएर सडकमा आउनु पर्यो।’

विना सूचना विद्युत अवरुद्ध हुँदा खाना पकाउन, पीउने पानी भर्न, साना–साना बालबालिकालाई साँझ गरि लेख पढ गर्न, गर्मीका घरमा बस्न सुत्न समेत समस्या भइरहेको स्थानिय युबा सुरेश मण्डलले बताए।

मण्डलले भने, ‘बत्ती नहुदा मानिसहरु रातभर जाग्रम बस्नु परेको छ। चारदिनले नुहाउन समेत समस्या भएको छ। तर विद्युतका कर्मचारीहरु लाई पटक–पटक फोन मार्फत जान्कारी गराउदाँ पनि केही सुनवाइ गरिरहेको छैन। विवश भएर सडकको सहारा लिनु परेको छ।’

स्थानीय भोलि बुधबार विहान ८ बजे सम्म अवरुद्ध विद्युत आपुर्तिकोलागि पहल गर्ने इलाका प्रहरी कार्यलय गोलबजारको प्रतिवद्धतापछि अवरुद्ध सडक खोलिएको हो।
maunt - Copy