काठमाडौं, २२ साउन। नेपाल काठमाडौँमा जारी काभा महिला भलिबलको फाइनलमा पुगेको छ ।
नेपालले सेमिफाइनलमा इरानलाई ३-० को सोझो सेटमा पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो।
अब नेपालले फाइनलमा भारतको सामना गर्ने छ। भारतले आजै सम्पन्न पहिलो सेमिफाइनलमा श्रीलंकालाई पराजित गर्दै फाइनलमा पुगेको थियो।
अब फाइनल खेल बुधबार साँझ ५ बजेदेखि हुने छ।