काठमाडौं, २२ साउन। बंगलादेशकी विपक्षी दल बीएनपीकी नेतृ एवं पुर्व प्रधानमन्त्री बेगम खालिदा जियालाई औपचारिक रुपमा रिहा गरिएको छ।
बंगलादेशको राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै खालिदा जियालाई हिरासतबाट रिहा गरिएको जानकारी दिएको ढाका ट्रीबुनले उल्लेख गरेको छ।
साथै राष्ट्रपति कार्यालयले जुलाई १ देखि अगस्त ५ सम्म आन्दोलनमा सहभागी भएर हिरासतमा लिएका सबै विद्यार्थीहरुलाई समेत रिहा गरेको जनाएको छ।
खालिदा जिया अनियमितताको आरोपमा २०१८ मा १७ बर्षको जेल सजाय काटीरहेकी थिइन्। त्यसपछि २०२० देखि भने कोरोना महामारीलाई ध्यानमा राख्दै उनलाई उनकै घरमा नजरबन्दमा राखिएको थियो।