विशाल बस्नेत

महत्तरी, १९ साउन। महोत्तरीमा बिद्युत प्राधिकरणले विना सूचना पटकपटक लाईन काटेपछि स्थानीय आन्दोलित भएका छन्। प्रधिकरणले सूचना नदिई पटकपटक लाईन काटने र लाईन दिएतापनी कम भोल्टेज दिदा व्यवसाय संचालनमा कठिनायी भएको भन्दै शुक्रबार अपरान्ह उनीहरुले पुर्व–पश्चिम राजमार्ग अन्तर्गत बर्दिवासमा १ घण्टा चक्काजाम गरेका हुन्।

GBR MABI - 444

स्थानीयको समेत सहभागीतामा भएको चक्काजाममा बिद्युत प्राधिकरणले नियतवस लाईन अवरुद्ध वनाएपछि पारम्भिक चरणमा चक्काजाम गर्न बाध्य भएको व्यापारीहरुले वताए। व्यापारीहरुले शनिवार यो विषयमा उद्योग बाणिज्य संघ बर्दिवाससगँ पनि छलफल गर्ने भएका छन्। छलफलपछि उपयुक्त निष्कर्ष ननिक्लिएमा समस्या सावधान नभएसम्म चरणवद्व आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने स्थानिय व्यवसायी विनोद भण्डारीले वताए।

व्यापारीहरुको मागमा ऐक्यबद्धता जनाएको वताउदै उद्योग बाणिज्य संघ बर्दिवासका अध्यक्ष बिष्णु खडकाले यस्को सावधानको लागि उपयुक्त पहल गर्ने प्रतिवद्वता जनाएका छन्।

यता विद्युत प्राधिकरण औरही प्रशारणका कार्यालय प्रमुख जवननाथ झाले हावाहुरीका कारण विद्युत अवरुद्ध भएको वताए। उनले भने, ‘ आफूहरुले नियतवस हामिले लाईन काटेका हैनौ। ढल्केवर प्रशारण लाईनवाट पुर्णरुपमा बिस्थापन गरेर औरही प्रशारणको लागि काम गरिरहेका छौं।’ उनले आफूहरु सर्वसाधारण र व्यापारीहरुको गुनासोप्रति गम्भिर रहेको बताए।

बिद्युत प्राधिकरणका तर्फबाट कुनै लोडसेडिङ नभएको पनि उन्ले प्रष्ट वनाए।

SHREEJANA