काठमाडौं, १८ साउन। कक्षा १२ को नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार बिहान कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो।
गत वैशाख १४ गतेबाट सञ्चालित परीक्षामा सनियमित तर्फ पाँच हजार पाँच सय ४२ विद्यालयका करिब चार लाख परीक्षार्थी सहभागी थिए। सार्वजनिक गरिएको नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् भने, भने ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड (एनजी÷अनुत्तीर्ण) भएका छन्।
परीक्षामा नियमिततर्फ तीन लाख ९० हजार आठ सय ६८ विद्यार्थी मध्ये दुई लाख तीन हजार आठ सय ४७ विद्यार्थी पास भएका छन्। यसैगरी, ग्रेड वृद्धितर्फ २०७८÷०७९ का २८.२६ प्रतिशत पास भएका छन् भने २०७६÷०७७ का ६२.०५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
बोर्डले लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार परीक्षा सञ्चालन गर्दै आएको छ । जसमा प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अंक ल्याउनैपर्ने हुन्छ। ३५ प्रतिशत अंक भन्दा कम आउने विद्यार्थीको नतिजा एनजी आउँछ।