फाईल फोटो।

सिरहा, १७ साउन। सिरहा प्रहरीले पेस्तोलसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। जिल्लाको सखुवा नन्कारकट्टी गाउँपालिका ५ महेशवारीबाट बिहीबार भारतको मधुवनी जिल्ला, पिपराही ग्राम पञ्चायत, झझरी टोलका १८ वर्षीय निरजकुमार पासवान र सोही ग्राम पञ्चायत अन्तर्गत बलानशेर टोलका ३७ वर्षिय अरुण साहलाई पेस्तोलसहित पक्राउ गरेको हो।

प्रहरीले शंकालागि खान तलासी गर्ने क्रममा उउनीहरुको साथबाट एक थान पेस्तोल बरामद भएको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ।

घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

maunt - Copy