सिरहा, १६ साउन। गोलबजार नगरपालिकाले असारको मिति राखेर साउनमा गरेको ‘न्यायमा पहुँच बढाउनको लागि पदाधिकारीहरुलाई अभिमुखिकरण’ तालिमहलमा अख्तियारले छपा मारेको छ।

नीति निर्माण गर्ने र कार्यक्रम बनाउने जन प्रतिनिधीहरु नै नियम कानुनको मानमर्दन गर्दै पुरानो मितिराखेर कार्यक्रम गरिरहेकै स्थानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलिले छापा मारेको हो।

अख्तियार टोलिले छानबिनकालागि साउनमा कार्यक्रम गरेको विवरण खुल्नेगरी मुचुल्का, कार्यक्रममा उपस्थितहरुको हाजिरीको नक्कल र असारको मिति राखेर प्रयोग भएको कार्यक्रमको व्यानरलगेको बताएको छ।

आयोग बर्दिवासका सूचना अधिकारी उपसचिव तुलसीराम पौडेलले टोलि गएको पुष्टि गर्दै अहिले छानविनको प्रकृयामा रहेको बताए।

गोलबजार नगरपालिकाले असार १८ देखि २१ गतेको मिति राखेर ‘न्यायमा पहुँच बढाउनको लागि पदाधिकारीहरुलाई अभिमुखिकरण’ तालिम अहिले सञ्चालन भईरहेको थियो।
गत आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक कार्यक्रम अनुसार असार मसान्तमा सक्नु पर्ने कार्यक्रम नगर उप–प्रमुख मान्ती साहकै मिलेमतोमा प्रक्रिया मिचेर मध्ये साउनमा गरेको कार्यक्रममा सहभागी एक वडा अध्यक्षले जानकारी दिए।

उपमेयर साहले कर्यक्रमको उद्घाटन गर्नु, पालिकाको १३ वटै वडाका वडाअध्यक्षहरु कार्यक्रममा सहभागीहुनु र सबैको आँखा अगाडीनै कार्यक्रमको मिति एक महिना अगाडीको राख्नुले नै नगरमा बेथितीको चरम उत्कर्ष पार गरेको स्थानियहरु बताउँछन्।

गोलबजार नगरपालिको आर्थिक सहयोग, सामुदायिक महिला विकास केन्द्र, सिरहा २ को आयोजना र सामाजिक वातावरण विकास केन्द्र अर्नमा ५ कोे समन्वयमा नियम विपरित अभिमुखिकरण कार्यक्रम संचालन भईरहेका पाइएकोे छ।

न्यायिक समितिको अगुवाईमा भईरहेको कार्यक्रममा नगरपालिकाका १३ वटै वडा र मेल मिलापकर्ताहरुलाई अहिले आएर तालिम दिएको खुलेको छ।

अनियमित भएको समावार विभिन्न सञ्चारमाध्ययमहरुमा प्रकाशित प्रशारित भएपछि अख्तियारको ध्यानाकर्षण भएको र आज छापा मारेको बताइन्छ।

maunt - Copy