सिराहा, १५ साउन। इलाका प्रहरी कार्यालय गोलबजारले प्रतिवन्धित लागु औषध गाँजासहित दुई भारतीय युवकलाई पक्राउ गरेको छ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत गोलबजार नगरपालिका ६ पश्चिम बस स्टेनबाट ७ किलोग्राम गाँजासहित भारत मधुवनी, जयनगर थाना पर्वाहा ग्राम पंचायत ६ का ३५ वर्षीय नविन यादव र कमलावारी ग्राम पञ्चायत ३ का ४० वर्षीय बहुरू यादवलाई आज अपरान्ह नियन्त्रणमा लिएको हो।

गाडी चड्न ठिक्क परेका बेला प्रहरीलाई देखेर भाग्न खोजेपछि पक्राउ गरी खानतलास गर्दा तरकारीको बोराभित्र झोलामा होलेर राखिएको अवस्थामा उक्त परिमाणको गाजाँ फेला पारी दुर्वजनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय प्रमुख इन्सपेक्टर सुनिल काकीले जानकारी दिए।

उनका अनुसार पहिला देखिनै तरकारी, आज लगायतका बोराहरुमा गाँजा भारत तर्फ जाने गरेको भन्ने सूचनाको आधारमा खोज्दै जाँदा फेला परेको हो।

पक्राउ परेका दुवैजनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

maunt