जनकपुरधाम, १४ साउन। धनुषामा धारीलो हतियार प्रहारबाट एक पुरुषको मृत्यु भएको छ। धारिलो हतियार प्रहारबाट धनुषाधाम नगरपालिका २, मंगलपुरका ४५ वर्षीय भोगेन्द्र ठाकुरको सोमबार मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी रञ्जन अवाले सोमबार ठाकुरको हत्या भएको बताए। प्रहरीले हत्या अभियोगमा स्थानीय सुर्जिदेवी मुखिया, नागेश्वर मुखिया र मुकेश मुखियालाई नियन्त्रणमा लिएको बताए।
ठाकुरको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पतालमा जनकपुर लगिएको र घटनाको थप अनुसन्धान भइरहेको सूचना अधिकारी अवाले जानकारी दिए।