सिरहा, १३ साउन। सिरहा प्रहरीले करिव पाँच ग्राम प्रतिवन्धित लागु पदार्थ ब्राउन सुगरसहित तीन युवकलाई नियन्त्रणमा लिएका छन्। जिल्लाको धनगढीमाई नगरपालिका ८ कसहा चोकबाट स्थानीय २४ वर्षिय लालु राय अमात, ७ नम्वर वडाका २२ वर्षिय अंकेत महतो र वडा नम्वर ९ मुसहर्नियाका २१ वर्षिय पवन साह सुनुवारलाई ग्राम ९० मिलिग्राम ब्राउन सगुगरसहित पक्राउ आज अपरान्ह प्रहरीले पक्राउ गरेका हुन्।

कसहा चौकमा काशिन्द्र महतोले सञ्चालन गरेको हार्डव्यर पसलको कोठाभित्र लागु औषध बिक्री वितरण भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले चेक जाँचगर्दा ओछ्यानमुनी लुकाई राखेको अवस्थामा उक्त पदार्थ बरामदगरी तीनैजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका इन्सपेक्टर दिपक कुमार सिंहले जानकारी दिए।

प्रहरीले उनिहरुले प्रयोग गरेको मधेश प्रदेश ०१–००४ प २५५५ नम्वरको मोटरसाइकल र तीन थान मोवाईलसमेत बरामद गरेकोे छ। पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय लहानमा राखि थप अनुसन्धान गरिरहेको जनाएको छ।

ce98102b-e610-4d4b-8213-c9339db12720