जनकपुरधाम, १३ साउन। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले उद्योगी व्यवसायीका समस्याप्रति प्रदेश सरकार गम्भीर रहेको बताएको छ। जनकपुरधाम उद्योग वाणिज्य सङ्घको ५७ औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै मुख्यमन्त्री सिंहले व्यवसायको समस्यालाई नजिकबाट बुझिरहेले समाधानको विषयमा गम्भिर रहेको बताए।
मुख्य मन्त्री सिंहरले भने, ‘मैले व्यवसायीहरुका समस्या बुझेको छु, उनीहरुलाई भारतबाट सामान ल्याउन समस्या भइरहेको छ। करको झन्झट छ, भन्सार कार्यालयमा दक्ष जनशक्ति अभावले पनि काम गर्न कठिनाइ भएको छ।’
मधेशमा बेरोजगारी अत्यधिक रहेको बताउँदै मुख्यमन्त्री सिंहले प्रदेश सरकार रोजगारी श्रृजना गर्ने विषयमा गम्भीरतापूर्वक लिएको बताए। सोही क्रमममा धनुषा र सिरहामा कमला नदीको बगर क्षेत्रमा खेतीपाती गरी रोजगारी सिर्जना गर्ने प्रदेश सरकारको योजना रहेको उनले खुलासा गरे। मधेशमा स्थापना भएका उद्योगमा स्थानीयले रोजगारी नपाएको भन्दै उनले त्यसतर्फ ध्यान दिन उद्योगी व्यवसायीसँग आग्रह गरे।
‘व्यापार व्यवसाय तथा उद्योग सञ्चालन गर्दा स्थानीयलाई रोजगारी दिनुपर्छ”, मुख्यमन्त्री सिंहले भने। उद्योगी व्यवसायीको हकहितका लागि प्रदेश सरकार सकारात्मक रहेको र यसका लागि नीति निर्माण तहमा व्यसायीहरुलाई पन सहभागीता गराइने उनले बताए।
कार्यक्रममा प्रदेशसभा सदस्य रामअशिष यादव, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह लगायतको उपस्थिति रहेको थियो।