पर्सा, १३ साउन। सशस्त्र प्रहरी बलले पर्साले १२ किलो चरेशसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। जिल्लाको पोखरीया नगरपालिका १ स्थित बनकटवाबाट १२ किलो चरेश, विभिन्न किसिमका सामान र एउटा मोटरसाईकलसहित भारतको पश्चिम चम्पारन विसनपुर मटेरवाका कुञ्जन कुमार महतोलाई शनिवार सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश पोखरीयाले नियन्त्रणमा लिएको हो।
बीआर २२ एबी १२९२ नम्बरको मोटरसाईकलमा नेपालबाट भारततर्फ जाँदै गरेका उनलाई शंका लागि जाँच गर्दा महतोको साथबाट १२ के।जी। चरेश, ५ हजार ४ सय २० भारतीय रुपैयाँ, १ थान मोबाईल सेट सहित नियन्त्रणमा लिइएको हो।
नियन्त्रणमा लिइएका महतोलाई बरामद सामान र मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ।