क्षितिज विश्वकर्मा

सर्लाही, ७ साउन। पूर्व भूमिसुधार राज्य मन्त्री रामचन्द्र रायको गएराति हत्या भएको छ। सर्लाहीको चन्द्रनगर गाउँपालिका १ रतनपुरस्थित घरमा ८० वर्षीय रायको धारिलो हतियार प्रयोग गरि हत्या भएको हो। परिवारसहित सदरमुकाम मलंगवा बस्दै आएका राय खेति हेर्नका लागी एकसातादेखि चन्द्रनगरमा बस्दै आएका थिए।

bfbd954b-7575-48eb-980b-104bade39c7b

रायका घरका एक कामदारले राती १ बजे स्थानीय तथा प्रहरीलाई घटनाबारे खबर गरेका थिए। राती ९ बजेतिर नचिनेका ३ जना कुराकानीका लागी आएपछि पूर्व मन्त्री रायले आफूलाई माथि गएर सुत्न भनेको र राती १ बजेतिर उठेर हेर्दा राय मृत्त देखेको उनले बयान दिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी रविन्द्र बहादुर सिंहले जानकारी दिए।

राज्यमन्त्री यादवको हत्यामा संलग्न रहेको आशंकामा सर्लाही प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन। ‘हत्यामा संलग्न भएको आशंकामा हामीले एक जनालाई पक्राउ गरेका छौँ,’ सर्लाहीका एसपी सिंहले भने, ‘घटनाका सम्बन्धमा थप अनुसन्धान जारी छ।’

प्रहरीका अनुसार यादवको टाउकाको बायाँपट्टी भागमा धारिलो हतियार प्रहार गरीएको छ। उखु काट्न प्रयोग हुने खुकरीले टाउकामा प्रहार भएको प्रहरीको भनाई छ।

खबर प्राप्त हुनासाथ एसपी सिंहको टोली घटनास्थल पुगेको थियो भने बिहान सबा ४ बजे धनुषाबाट कुकुर सहितको टोली समेत आएको थियो । त्यस्तै मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख डीआईजी यज्ञ बिनोद पोखरेलसमेत बिहान पौने ५ बजे घटनास्थल पुगेका थिए।

२०५६ सालको संसदीय निर्वाचनमा सदरमुकाम मलंगवा सहितको साबिक क्षेत्र नम्वर ३ मा नेपाली कांग्रेसका नेता रामहरि जोशीलाई हराउँदै राप्रपाबाट सांसद निर्वाचित राय पूर्व राजा ज्ञानेन्द्र शाहको शाहीकालमा राज्यमन्त्री भएका थिए।

घटनाबारे सुक्ष्म ढंगले अनुसन्धान अगाडि बढाईएको एसपी सिंहले बताए। मृतकको शव पोष्टमार्टमका लागि सदरमुकाम मलंगवा स्थित प्रादेशिक अस्पतालमा लगिएको छ।

ce98102b-e610-4d4b-8213-c9339db12720