चितवन, ६ साउन। चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकी लेखा अधिकृत अमृता कोइराला घुससहित पक्राउ परेकी छन्। सेवाग्राहीसँग एक लाख ५० हजार रुपैयाँ नगद र ४ लाख ५० हजार रुपैयाँको चेकसहित उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले पक्राउ गरेको हो।

भरतपुर महानगरपालिका ४ कटहर चोकको एक होटलबाट कोइरालालाई पक्राउ गरेको अख्तियारको हेटौंडा कार्यालयका सूचना अधिकारी गोविन्दप्रसाद गौतमले जानकारी दिए।

औषधि आपूर्तिकर्तालाई रकम भुक्तानी दिएबापत कोइरालाले घुस मागेको र आइतबार आपूर्तिकर्ताबाट घुस रकम लिँदालिँदै उनलाई पक्राउ गरेको सूचना अधिकारी गौतमको भनाई रहेको छ।

ce98102b-e610-4d4b-8213-c9339db12720