सिरहा, ३ साउन। सिरहा प्रहरीले ब्राउन सुगरसहित तीन जनालाई नियन्त्रणमा लिएको छ। विशेष सुचनाको आधारमा कर्जन्हा नगरपालिका २ बन्दिपुरको एक चिया पसलबाट कर्जन्हा ३ का २४ वर्षिय समिर बोगटी, २० वर्षिय सरोज भन्ने शरद महरा र धनुषाको गणेशमान चारनाथ नगरपालिका ४ का २० वर्षिय रौसाद राईनलाई तीन सय ३० मिलिग्राम ब्राउनसुगरसहित बुधबार राती नियन्त्रणमा लिएको हो।

बन्दिपुरको एक चिया पसलमा ब्राउसुगर सेवनकर्ताहरु रहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालयबाट गएको प्रहरी टोलिले उनीहरुको साथबाट प्लाष्टिकमा पोका पारेको तीन सय ३० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका इन्सपेक्टर उदयभान द्विवेदीले जानकारी दिए।

पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय मिर्चैयामा राखेर आश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

lang laife