सिरहा, १ साउन। सिरहाको कर्जन्हा नगरपालिका ४ बस्तिपुरमा जय किसान नेता गोविन्द साह तथा सहिदहरुको शालिक स्थापना र पार्क पुनः निर्माणमा खटिएका मजदुरहरूले ज्याला मजदुरी वापतको रकम नपाएको भन्दै न्याय समितिमा उजुरी दिएको छ।
शलिक स्थापना तथा पार्क निर्माण समितिले निर्माण कार्यमा खटिएका मजदुरहरुलाई कबोल गरेअनुसारको रकम नदिएको भन्दै कर्जन्हा नगरपालिका ११ का विजयकुमार यादवले न्यायिक समितिमा निवेदन दिएको हो।
निर्माण समितिले २०८१ मंसिर १ गतेकै दिन समयमै काम सम्पन्न गर्नेगरी राज मिस्त्रिसमेत रहेका विजय यावलाई एक लाख ७० हजारमा काम समपन्न गर्नेगरी जिम्मा लगाएको थियो। समितिले नगरपालिकाबाट भुक्तानी लिएको महिनौंं भईसकेनि मजदुरहरुले रकम नपाएको गुनासो गरेका छन्।
मजदुरीमात्र हैन निर्माणका बखत आवश्यक पर्ने सामाग्रिहरु समेत किनेर निर्माण सम्पन्न गरेको यादवले दिएको निवेदनमा उल्लेख गरिएको छ। उनले न्यायिक समितिमा दिएको निवेदनमा सामाग्रीहरुको १५ जहार सहित एक लाख ८५ हजार रकम नपाएको उल्लेख गरेको छ।
शालिक स्थापना तथा पार्क पुनः निर्माणको लागि चाइना रेल्वे कम्पनीले एक लाख ९० हजार दिएका थिए। भने मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादवले ५० बोरा सिमेन्ट समेत सहयोग गरेको थियो।
चाइना कम्पनीले दिएको रकम र मिर्चैयाका मेयर यादवले सिमेन्ट वाउर्डी वाल निर्माणमा प्रयोग गर्ने समहति भएको निर्माण समितिका कोषाध्यक्ष श्रीप्रसाद यादवले जानकारी दिए।
नगरपालिकाले छुट्टै १० लाख बजेट विनियोजन गरेको थियो। विनियोजन १० लाख गरेकोभएपनि समग्र कार्यको सात लाख ५० हजार मूल्याङ्कन अनुसार रकम पाईसकेको निर्माण समितिका अध्यक्ष रामचन्द्र यादवको कथन रहेको छ।
रकम पाईसकेपछि पनि किन मजदुरले पैसा नपाएको भन्ने प्रश्नमा साहले भने, ‘समितिले सचिव जित नारायण यादवले जिम्मा लिए, उनले पनि विजयलाई काम गर्ने ठेका थियो।
अध्यक्ष साहले भने, ‘जितनारायणले समितिसँग म बनाउँ छु भनेर जिम्मा लिए। पछि उनले पनि विजयलाई बनाउने जिम्मा दिए छ। हामीलाई त्यस विषयमा केही जानकारी छैन। हामीले उनलाई कामको जिम्मा दिएका थियौं, उनले विजयलाई काम लगाए, कहाँ कति, के लागेको छ? कति खर्च भयो, कति बाँकी छ? हामीलाई अहिले जानकारी छैन।’
समितिका अध्यक्ष साहले विजयलाई ६० हजार दिएको सम्मा आफूलाई जानकारी भएको बताए। विजयले २० हजार मात्र ज्याला मजदुरीको रकम पाएको बताए।
समितिका कोषाध्यक्ष श्रीप्रसादले भने, ‘हामीलाई पनि जानकारी नगराई सचिवले नगरपालिकाबाट चेक बुझेर बैंकमा जम्मा गरेछ। पहिला नै धरौटी रुवरुप भनेर एउटा इँटा उद्योगको नाममा २ लाख ३८ हजारको चेक दिएका थियौं, त्यो पनि जानकारी नगराई निकाले। प्छिमात्र टायल्स मार्वलको रकम निकाल्नु पर्छ भनेपछिमात्र हामीले पैसा निस्किएको थाहा पायौं। त्यसको पनि एक लाख ८५ हजार निकालिदियौं। इस अघि नै रनिङ्ग विल एक ९० निकालिएको थियो।’
उनले भने, ‘हामीले सम्पूर्ण कामको जिम्मा सचिवलाई नै दिएका थियौं। पछि विवाद नहोस पनि भनेर काम गर्दा हुने नाफा नोक्सानको सवै जिम्मा सचिवलाई दिएका थियौं।’
श्रीप्रसादले अहिले सममा समितिले सचिव जितनारायणलाई ६ दाख १३ हजार रुपैयाँ दिईसकेको जानकारी दिए।
यस सम्वन्धमा सचिव जितनारायण यादवसँग सम्पर्क गर्दा फोन सम्पर्क हुन सकेन।
यस नगरपालिकामा विकास निर्माणको काममा उपभोक्ता समिति निर्माण गरेपनि जनप्रतिनिधीको मिलेमत्तोमै निश्चित व्यक्तिले काम गर्ने गरेको स्थानीयहरु बताउँछन्। यो घटनाले पनि यसको पुष्टि गरेको छ।
यस अघि पूर्व पश्चिम राजमार्गसँग जोडिएको बस्तिपुर बजारमा शालिक सहितको पार्क थियो। सडक विस्तारका क्रममा सडक क्षेत्रमा पर्ने भएपछि अहिले राजमार्गभन्दा करिव पाँच सय मिटर दक्षिण नयाँ पार्क निर्माण गरिएको छ।