जनकपुर, ३१ असार। त्रिशूली नदीमा बस दुर्घटनामा परेका मधेस प्रदेश सरकारले मृतकका परिवारलाई एक लाख रुपैयाँका दरले राहत दिने भएको छ।
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशका जिल्लाका मृतक तथा पीडित परिवारलाई प्रतिव्यक्ति एक लाखका दरले राहत उपलब्ध गराउने भएको हो।
‘दुर्घटनामा परी ज्यान गुमाउने मधेसका जिल्लाका पीडित परिवारलाई राहत दिने घोषणा गरेका छौ’, मुख्यमन्त्री सिंहले भने। उनले प्रमुख जिल्ला अधिकारीको सिफारिसका आधारमा सो राहत रकम प्रदान गर्ने जनाए। साथै उनले दुर्घटनामा परी बेपत्ता भएकाहरूको खोज तथा उद्धारमा संघीय सरकारलाई आग्रह गरेको जनाकारी दिए।
असार २८ गते काठमाडौँबाट गौर आउँदै गरेको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल डिलक्स बस चितवनको सिमलतालमा लेदोसहितको पहिरोले बगाउँदा त्रिसुलीमा खसेका थिए। दुई बसमा गरी बेपत्ता भएकामध्ये १२ जनाको शव फेला परेको छ।