काठमाडौं, ३१ असार। प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्। प्रधानमन्त्रीलगत्तै राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा क्याबिनेटका दुई उपप्रधान र १९ मन्त्रीले पनि राष्ट्रपति रामचन्द्र पौडेलले शपथ लिएका छन्।
ओली क्याबिनेट नियुक्त भएका २२ मध्ये नेपाली कांग्रेसबाट १०, नेकपा एमालेबाट प्रधानमन्त्रीसहित ९, जनता समाजवादी पार्टीबाट २ र लोकतान्त्रिक समाजवादी पार्टीबाट १ जना मन्त्री बनेका छन्।

कांग्रेसले उपप्रधान तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका काठमाडौँ–१ बाट निर्वाचित सांसद प्रकाशमान सिंहको नेतृत्वमा मन्त्रीहरू सरकारमा पठाएको हो।
त्यस्तै, एमालेले उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा ८ जना मन्त्रीहरू सरकारमा पठाएको हो।
त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीले शरदसिंह भण्डारीलाई मन्त्री बनाएर पठाएको छ। उनले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी पाएका छन्।
कांग्रेसबाट १० जना
१) प्रकाशमान सिंह- उपप्रधान तथा सहरी विकास
२) रमेश लेखक- गृह
३) आरजु राणा- परराष्ट्र
४) तेजुलाल चौधरी- युवा तथा खेलकुद
५) प्रदीप पौडेल- स्वास्थ्य तथा जनसंख्या
६) अजय चौरसिया- कानुन, न्याय तथा संसदीय मामिला 
७) बद्री पाण्डे- संस्कृति पर्यटन तथा नागरिक उड्डययन 
८) रामनाथ अधिकारी- कृषि 
९) दीपक खड्का- ऊर्जा जलस्रोत तथा सिंचाइ 
१०) ऐनबहादुर शाही- वन तथा वातावरण
एमालेबाट ९ जना
१) केपी शर्मा ओली- प्रधानमन्त्री
२) विष्णु पौडेल- उपप्रधान तथा अर्थ
३) पृथ्वीसुब्बा गुरुङ- सञ्चार तथा सूचना प्रविधि 
४) बलराम अधिकारी- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
५) दामोदर भण्डारी- उद्योग, वाणिज्य तथा आपूर्ति
६) देवेन्द्र दाहाल- भौतिक पूर्वाधार तथा यातायात
७) विद्या भट्टराई- शिक्षा 
८) मानवीर राई- रक्षा 
९) राजकुमार गुप्ता- संघीय मामिला तथा सामान्य प्रशासन
लोसपाबाट १ जना
१) शरदसिंह भण्डारी- श्रम, रोजगार तथा सामाजिक सुरक्षा
जसपाबाट २ जना
१) प्रदीप यादव- खानेपानी
२) नवलकिशोर साह सुडी- महिला, बालबाबालिका तथा ज्येष्ठ नागरिक



                    
                            
                                                            


        
        
        















