काठमाडौँ, २८, असार। सभामुख देवराज घिमिरेले सरकारले विश्वासको मत गुमाएको पत्र राष्ट्रपति कार्यालय शीतल निवास पठाएका छन्।
प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले आज लिएको विश्वासको मतमा केवल ६३ मत मात्र प्राप्त गरेपछि उनी पदमुक्त भएका थिए । सो व्यहोराको पत्र संसद सचिवालयले राष्ट्रपति कार्यालयलाई पठाएको छ । अहिले सो पत्र राष्ट्रपति कार्यालय पुगिसकेको बताइएको छ।
संसद सचिवालयको पत्र पुगेसँगै आजै राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि आव्हान गर्ने भएका छन्।
साथै कांग्रेस र एमालेले राष्ट्रपतिले सरकार गठनको आव्हान गर्नासाथ आजै नयाँ सरकारको दाबि पेश गर्ने बताएका छन्।